0 प्रतिक्रिया
फाल्गुनन्द गोल्डकप: आज सेमिफाइनलमा फिदिम स्पोर्टिङ र चर्च ब्वोइज युनाइटेड भिड्ने
इवारा जवेगु लिम्बु
पाँचथर। पाँचथरको फिदिममा जारि ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र चर्च व्वोइज यूनाइटेड क्लब भिड्दै छ।
आयोजक फिदिम स्पोर्टिङले पाहुना टोलि करसाङ र क्वाटरफाइनलमा त्रिभूवन आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। त्यस्तै चर्च व्योइजले क्वाटरफाइनलमा विराटनगर सिटिलाई हराउदै सेमिफाइनलको यात्रा बनाएको हो। फिदिमस्थित फिदिम मा.विको खेलमैदानमा सञ्चालन भइरहेको खेल दिनको २ बजेदेखी शुरु हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले बताए।
पुस ६ गतेदेखी शुरु भएको गोल्डकपको फाइनल पुस १५ गते हुनेछ। प्रतियोगिताको सवोत्कृष्ट खेलाडीले एक थान विद्युतिय स्कुटर तथा विद्यागत उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्नेछन्।
गोल्डकपको विजेताले उपाधिसहित नगद १० लाख ५ सय ५५ रुपैया पाउने छ। उपविजेताले ५ लाख ५ सय ५५ रुपैँया पाउने छ। प्रतियोगितामा नेपालका चार ए डिभिजन क्लबहरुसहित दश टिमको सहभागिता रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











