मदन थापा
पाँचथर-नेपाल निजामती कर्मचारी संगठन पाँचथरको १२ औं जिल्ला अधिवेशन २०८१ माघ १६ गते फिदिममा सम्पन्न भएको छ। अधिवेशनमा सर्वसम्मत प्रक्रियाबाट १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो। अध्यक्षमा मिलन राई चयन हुनुभएको छ भने उपाध्यक्ष सुवर्ण केदेम र जुनिका वनेम, सचिव प्रदिप अधिकारी, सहसचिव भेषराज थापा, कोषाध्यक्ष ज्ञान बहादुर अधिकारी यसरीनै सदस्यहरुमा चन्द्र प्रकाश राई, गोपी बहादुर नेपाली, रबि कुमार ठाकुर, इमरान आलम, बिनाय किशोर सिंह, कमला देवी तिम्सिना, सपना सम्बाहाम्फे, वेद प्रसाद मिश्र, निर्मल खाति, दिलमान योङहाङ लगायतका पदाधिकारी चयन भएका छन्।
संगठनको लेखापरीक्षण आयोगमा प्रकाश तामाङ, केन्द्रिय प्रतिनिधिमा पदम बहादुर नेम्वाङ, सुरेन्द्र भण्डारी, सुशिला सुवेदी र तिर्थराज मिश्र चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा सरस्वति शिवाकोटी, कुमार बस्नेत, जयराम दाहाल, ढुण्डीराज दुलाल र याम प्रसाद लुईटेल चयन भएको निर्वाचन समितिका संयोजक टिका तिम्सिनाले जानकारी गराउनुभएको छ।
अधिवेशनको उद्घाटन संविधान सभा सदस्य, नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा पाँचथर जिल्ला ईन्चार्ज अईन्द्र सुन्दर नेम्वाङले गर्नुभएको थियो। कार्यक्रममा नेकपा (एमाले) पाँचथर जिल्ला कमिटी अध्यक्ष बिमल सापकोटा (बिमल), भूमि समस्या समधान आयोग, जिल्ला समिति पाँचथरका अध्यक्ष धन कुमार फियाक, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य प्रकाश अधिकारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरका अध्यक्ष भीम कुमार बास्कोटा, प्रेस चौतारी नेपाल जिल्ला शाखा पाँचथरका अध्यक्ष रविन्द्र काफ्ले, बिभिन्न कर्मचारी संगठनका अध्यक्ष तथा प्रतिनिधि लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सांगठनिक प्रतिवेदन नेपाल निजामती कर्मचारी संगठन पाँचथरका अध्यक्ष तिर्थराज मिश्रले प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सरस्वती शिवाकोटीले राख्नुभएको थियो। कार्यक्रममा बिभिन्न पालिका तथा कार्यालयका करिव १ सय ८५ जना कर्मचारीहरुको उपस्थिति रहेको थियो भने बिभिन्न संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले सुभकामना मन्तव्य राख्नुभएको थियो।
नव निर्वाचित कार्यसमितिले निजामती कर्मचारीहरूको हकहित संरक्षण, सेवा प्रवाह सुधार र संगठन सशक्तिकरणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अधिवेशनमा निजामती कर्मचारीहरूको योगदान, सामना गरेका चुनौतीहरू र संगठनको भावी रणनीतिबारे गहन छलफल गरिएको थियो। साथै, संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहभागीहरूले महत्वपूर्ण सुझाव प्रस्तुत गर्नुभएको छ।