+
+

निर्माणकै क्रममा भाँचियो हेवा खोलाको मोडुलर ब्रिज

437 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ जेष्ठ ३१, शनिबार १९:०१
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्नलिखित ३ वटा बुँदामा प्रस्तुत गरिएको छ:

* पाँचथर-मेचि राजमार्गअन्तर्गत फिदिम र हिलिहाङ जोड्ने हेवा खोलामा निर्माणाधीन मोडुलर ब्रिज बारीपारी जोड्ने क्रममा शनिबार भाँचिएको छ, जसले ६ जना कामदार घाइते भएका छन्।
* यो पुल निर्माण कार्य भारतीय प्राविधिकहरुको सहयोगमा भइरहेको थियो, जो नेपालमा पहिलो पटक यति लामो मोडुलर ब्रिज जडानको काम थियो। पुल बिचमा कुनै समर्थन स्तम्भ नराखी एकै स्पानमा जोड्ने योजनाअनुसार निर्माण हुँदै थियो।
* पुलको निर्माणको दुर्घटनाले निर्माण कार्यमा थप चुनौती थपेको छ, स्थानीयवासी र यात्रुहरु पुनः यातायात अवरुद्ध भएर समस्यामा परेका छन्, र निर्माण कम्पनी र प्राविधिक टोलीको भूमिकामाथि प्रश्न उठ्न थालेको छ।

पाँचथर –मेचि राजमार्गअन्तर्गत फिदिम र हिलिहाङ जोड्ने हेवा खोलामा निर्माणाधीन मोडुलर ब्रिज बारीपारी जोड्ने क्रममा शनिबार भाँचिएको छ। ७० मिटर लामो सिङ्गल स्पान मोडुलर ब्रिज जडान गर्दैगर्दा पुलको संरचना भाँचिँदा ६ जना कामदार घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको बताइएको छ। घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ।

नेपालमा पहिलो पटक यति लामो मोडुलर ब्रिज जडानको काम भइरहेको थियो। यो प्रविधि नयाँ भएकाले भारतीय प्राविधिकहरुको सहयोगमा पुल निर्माण कार्य अघि बढाइएको थियो। पुल बिचमा कुनै समर्थन स्तम्भ (पिल्लर) नराखी एकै स्पानमा जोड्ने योजनाअनुसार निर्माण हुँदै थियो।

२०८० सालको बाढीले स्थायी पक्की पुल बगाएपछि वैकल्पिक रूपमा बनाइएको बेलिब्रिज पनि २०८१ सालको असोजमा आएको बाढीले बगाएको थियो। त्यसयता हेवा खोलामा यातायात व्यवस्थानमा समस्या आइरहेको थियो। सो समस्या समाधानका लागि सरकारले मोडुलर ब्रिज निर्माणको थालनी गरेको थियो।

तर पुल जडानकै क्रममा भएको यो दुर्घटनाले निर्माण कार्यमा थप चुनौती थपेको छ। स्थानीयवासी र यात्रुहरु पुनः यातायात अवरुद्ध भएर समस्यामा परेका छन्। यस घटनापछि निर्माण कम्पनी र प्राविधिक टोलीको भूमिकामाथि प्रश्न उठ्न थालेको छ घटनाका बारेमा विस्तृत विवरण भने आउन बाँकी छ ।

फोटो-केहिदिन अघि निर्माण हुदै गरेको पुलको संरचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win