0 प्रतिक्रिया
लिम्बू पत्रकार संघ पाँचथरको अध्यक्षमा हाङसरुम्वा निर्वाचित
AI सारांश
Fast AI१. लिम्बू पत्रकार संघ जिल्ला कार्यसमिति पाँचथरको तेस्रो अधिवेशनले रजनी हाङसरुम्वालाई नयाँ अध्यक्षमा चयन गरेको छ।
२. अधिवेशनले हाङसरुम्वाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ जसमा भूपेन योङहाङ लिम्बू उपाध्यक्ष, इवारा जबेगू सचिव, सुस्मा हाङसरुम्वा कोषाध्यक्षमा चयन भएका छन्।
३. नवनिर्वाचित अध्यक्ष हाङसरुम्वाले लिम्बू समुदायको पहिचानका निम्ति पत्रकारले सशक्त कलम चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पाँचथर । लिम्बू पत्रकार संघ जिल्ला कार्यसमिति पाँचथरको तेस्रो अधिवेशनबाट रजनी हाङसरुम्वा नयाँ अध्यक्षमा चयन भएकी छन्।
शनिबार फिदिममा सम्पन्न अधिवेशनले हाङसरुम्वाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा भूपेन योङहाङ लिम्बू, सचिवमा इवारा जबेगू, सहसचिवमा मनेन्द्र केरुङ, कोषाध्यक्षमा सुस्मा हाङसरुम्वा चयन भएका छन्। सदस्यहरूमा इच्छामाया सावा, तागेरा तावाहाङ, अशोक लावती र पदम दुखी सम्बाहाम्फे रहेका छन्। सचिव इवारा जबेगूले समितिको जानकारी दिएका हुन्।
त्यसैगरी, संघको प्रदेश प्रतिनिधिमा निवर्तमान अध्यक्ष उपेन्द्र एक्तेन, पूर्ण परिचित र सम्झना योङहाङ चयन भएका छन्।
अधिवेशन लिम्बू पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोदकुमार इङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा अग्रज पत्रकार तथा सल्लाहकार कबिन्द्र शेर्मा, नेपाल आदिवासी पत्रकार संघ १ नं. प्रदेश अध्यक्ष विजयबोध लावती, फोटो पत्रकार संघ पाँचथर अध्यक्ष भवानी तावा, किरात राई पत्रकार संघ जिल्ला अध्यक्ष सुवास राई समिप, प्रेस सेन्टर नेपाल प्रदेश उपाध्यक्ष सेसेहाङ लावतीलगायत अन्य पत्रकारहरूको उपस्थिति रहेको थियो।
झण्डै ६ वर्षपछि सम्पन्न भएको यो अधिवेशनअघि संघको अध्यक्षतामा उपेन्द्र एक्तेन रहेका थिए। कार्यक्रम सञ्चालन सचिव इवारा जबेगूले गरेका थिए।
नवनिर्वाचित अध्यक्ष हाङसरुम्वाले लिम्बू समुदायको पहिचानका निम्ति पत्रकारले सशक्त कलम चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो l
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









