0 प्रतिक्रिया
सुनसरीमा बस र माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते
AI सारांश
Fast AIसुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
बस चालक झापा अर्जुनधारा नगरपालिका–१ निवासी गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।
घाइतेहरूको इनरुवा अस्पताल, विराटनगर न्यूरो अस्पताल र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सुनसरी, २६ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान ठोक्किएका हुन्।
मृतकहरूको परिचय खुलिसकेको छैन। घाइतेहरूको इनरुवा अस्पताल, विराटनगर न्यूरो अस्पताल र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस चालक झापा अर्जुनधारा नगरपालिका–१ निवासी गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खतिवडाले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









