Comments Add Comment

तेह्रथुम फेदापः पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधिका फेदापलाई

तेह्रथुमको फेदाप गाउँपालिका वडा नं २ ओयाक्जुङ हाङ्स्रोङमा शुक्रबार सम्पन्न मझौ गुफा माघेनी मेला २०८१ खुल्ला पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि फेदाप गाउँपालिकाले हात पारेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा आठराई गउँपालिकालाई ३-० को सेटमा पराजित गर्दै फेदापले उपाधि जितेको हो। उपाधिसंगै फेदापले १ लाख १ हजार १११ प्राप्त गर्यो। उपविजेता आठराईले ६१ हजार १११ मा चित्त बुझायो। सिंह देवि युवा समाजको आयोजनामा माघ १ गते देखि सुरू भएको मेलामा खुल्ला पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताका साथै वृहत सॉस्कृतिक कार्यक्रमहरू सन्चालन भएका थिए।

धार्मीक एवम पर्यटकीय स्थल मझौ गुफाको पर्यटन प्रबद्धन गर्ने मुख्य उद्येस्यका साथ भव्य र विशेष मेलाको आयोजना गरेको र शुक्रबार सभ्य र भव्य रूपमा सम्पन्न भएको सिंहदेवि युवा समाजका अध्यक्ष दिपक भट्टराईले बताउँनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै