+
+

अधिकारको चर्चा गर्दै बुढीगंगाका महिलाले मनाए तीज

92 पटक हेरिएको
Clock २०८२ भाद्र ५, बिहीबार १८:४९
-- Sponsored --

AI सारांश

Fast AI

१. अखिल क्रान्तिकारी महिला संघ बुढीगंगाले अधिकारका वकालत गर्दै तीज पर्व मनाएको छ।
२. कार्यक्रममा माओबादी पार्टीका केन्द्रिय सदस्य तथा मोरङ ४ (१) का प्रदेश सांसद जिवन आचार्यले महिलाहरुको हक अधिकारका लागि आफु जस्तोसुकै चुनौती मोलेर पनि साथ दिन सधै तयार रहने प्रतिबद्धता जनाए।
३. कार्यक्रममा सहभागी सयौ आमा दिदी बहिनीहरुले नाचगान गदैृ तीजको अवसरमा जलपान गर्दै शुभकामना अदानप्रदान गरेका थिए।

विराटनगर, ५भदौ
अखिल क्रान्तिकारी महिला संघ बुढीगंगाले अधिकारका वकालत गर्दै तीज पर्व मनाएको छ।
टंकीसिनवारी स्थित जेसिज भवनमा सयौ महिलाहरुको सहभागीतमा क्रान्तिकारी महिला संघ बुढीगंगाले हक अधिकारको पक्षमा वकालत गर्दै तीज पर्व हर्षोल्लासका साथ मनाएको हो।
पुष्पा भगतको अध्यक्षतमा भएको तीज बिशेष कार्यक्रममा प्रमुख अतिथि माओबादी पार्टीका केन्द्रिय सदस्य तथा मोरङ ४ (१) का प्रदेश सांसद जिवन आचार्यले महिलाहरुको हक अधिकारका लागि आफु जस्तोसुकै चुनौती मोलेर पनि साथ दिन सधै तयार रहने प्रतिबद्धता जनाए। उनले क्रान्तिकारी महिलााहरुले तीजको आवरणमा हुने अन्धविश्वासलाई त्यागदै प्रगतीशिल ढंगले मनाउनुपर्नेमा जोड दिए।
माओबादी केन्द्रिय सदस्य तथा कोशी प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक गीता तिम्सिनाले तीज पर्वलाई अव कुण्ठाका लागि हैन आफनो हक अधिकारको संघर्षर्ला केन्द्रित गरेर मनाउनुपर्ने बताइन । उनले तीज पर्व महिलाहरुका लागि बिशेष दिन भएको तर यसलाई अन्धविश्वासको ढर्रामा सिमित राख्न हुदैनन भनिन।
माओबादी केन्द्रिय सदस्य तथा अनेमसंघ क्रान्तिकारी केन्द्रिय सचिव विनिता घिमिरेले पहिले महिलाहरुले आफुहरुले सहन गर्नुपर्ने ज्यादती वताउन पनि एक बर्ष पर्खेर माइत जानुपर्ने बाध्यता रहेको सुनाउदै तर अब महिलाहरुले घरभित्र र वाहिर हुने कुनैपनि उत्पिडन सहनुहुदैन भनिन। अखिल कान्तिकारी महिला संघ कोशी अध्यक्ष लता न्यौपानेले महिलाहरु अझै पितृसत्ताको मारमा परिरहेकोले त्यसविरुछद्ध एक भएर संघर्ष गर्नुपर्ने बताइन। माओबादी केन्द्र कोशीकी सचिव कुमारी राईले महिलाहरुलाई दासी मान्ने चलनको अन्त भैसकेकोले अब आफुले पनि खुलेर संघर्ष गर्दै आफनो अधिकार लिन आग्रह गरिन।
तीज विशेष कार्यक्रमा माओबादी केन्द् मोरङका संयोजक विजय विश्वास , प्रेदश सदस्य तथा मजदुर नेता उपेन्द्र राय , महिला नेतृ गरिमा भट्टराई सहित पार्टीका प्रदेश र जिल्लाका सल्लाहकारहरु , विद्यार्थी अगुवाहरुको सहभागीता थियो । कार्यक्रमको सञ्चालन महिला क्रान्तिकारी बुढीगगाकी सचिव कल्पना थापा भण्ण्डारीले गरेकी थिइन ।
कार्यक्रममा सहभागी सयौ आमा दिदी बहिनीहरुले नाचगान गदैृ तीजको अवसरमा जलपान गर्दै शुभकामना अदानप्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win