+
+

एमालेको ११ औँ महाधिवेशनका लागि पाँचथरबाट आठ प्रतिनिधि सर्वसम्मत चयन

144 पटक हेरिएको
Clock २०८२ मंसिर १४, आईतवार ११:२५
-- Sponsored --

AI सारांश

Fast AI

१. नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि पाँचथर जिल्लाबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन्।
२. पाँचथर जिल्लाबाट चार क्लस्टर—खुला, युवा, दलित र महिला—का लागि आवश्यक संख्यामा उम्मेदवार टुंगो लगाउँदै प्रतिनिधि छनोट प्रक्रिया पूर्ण गरिएको हो।
३. पाँचथरबाट यसपटक कुल आठ जना प्रतिनिधि महाधिवेशनका लागि चयन भएका हुन्।

पाँचथर — नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि पाँचथर जिल्लाबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन्। चार क्लस्टर—खुला, युवा, दलित र महिला—का लागि आवश्यक संख्यामा उम्मेदवार टुंगो लगाउँदै प्रतिनिधि छनोट प्रक्रिया पूर्ण गरिएको हो।

निर्वाचन समितिका संयोजक जय प्रकाश केरुङका अनुसार उम्मेदवारी दर्तादेखि समन्वयसम्मको सम्पूर्ण प्रक्रिया पूरा भएपछि सबै क्लस्टरका प्रतिनिधिहरू सर्वसम्मतरूपमा चयन गरिएको हो। 

सर्वसम्मत रूपमा चयन भएका महाधिवेशन प्रतिनिधिमध्ये खुला तर्फ बिष्णुप्रसाद सापकोटा (बिमल), वीरबहादुर कुरुम्बाङ, पृथ्वी लावती र तुलसी थापा रहेका छन्। त्यस्तै युवा तर्फ पदम योङ्हाङ, दलित तर्फ बलबहादुर नेपाली तथा महिला तर्फ करुणा राई र सुजाता बान्तवा राई चयन भएका छन्। पाँचथरबाट यसपटक कुल आठ जना प्रतिनिधि महाधिवेशनका लागि चयन भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win