+
+

इलाम–सन्दकपुर रेडपान्डा म्याराथनमा गजेन्द्र राई प्रथम, पाँचथरका राजन स्थानीय विजेता

64 पटक हेरिएको
Clock २०८२ पुष १, मंगलवार १७:४६
-- Sponsored --

AI सारांश

Fast AI

इलाम–सन्दकपुर रेडपान्डा म्याराथन (पुरुषतर्फ)को सारांश निम्नलिखित ३ बुँदामा प्रस्तुत गरिएको छ:

१. **म्याराथनको परिणाम**: गजेन्द्र राईले ४ घन्टा १२ मिनेटमा निर्धारित दूरी पूरा गर्दै म्याराथनमा प्रथम स्थान हासिल गरे, करण रावल दोस्रो र कर्णवीर रोका तेस्रो स्थान हासिल गरे।

२. **स्थानीय पुरुषतर्फको परिणाम**: पाँचथरका राजन मेन्याङ्बोले ४ घन्टा ३९ मिनेट १० सेकेन्डमा दूरी पार गर्दै स्थानीय पुरुषतर्फमा प्रथम स्थान हासिल गरे, विशाल राई दोस्रो र राजेन्द्र लिम्बू तेस्रो स्थान हासिल गरे।

३. **म्याराथनको उद्देश्य**: म्याराथनको मुख्य उद्देश्य विश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डा तथा हिमाली जैविक विविधता संरक्षणप्रति जनचेतना फैलाउनु रहेको आयोजकले जनाएका छन्।

इलाम बजारदेखि सन्दकपुर डाँडासम्मको ४४.२ किलोमिटर दूरीमा आयोजित इलाम–सन्दकपुर रेडपान्डा म्याराथन (पुरुषतर्फ) मा गजेन्द्र राई प्रथम भएका छन्। उनले ४ घन्टा १२ मिनेटमा निर्धारित दूरी पूरा गर्दै उपाधिसहित १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार हात पारे।

करण रावलले ४ घन्टा १३ मिनेटमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरे भने ४ घन्टा १९ मिनेटमा दूरी पूरा गरेका कर्णवीर रोका तेस्रो बने।

स्थानीय पुरुषतर्फ पाँचथरका राजन मेन्याङ्बो प्रथम

स्थानीय (इलाम, पाँचथर र ताप्लेजुङ) पुरुषतर्फ पाँचथरका राजन मेन्याङ्बो प्रथम भए। उनले ४ घन्टा ३९ मिनेट १० सेकेन्डमा दूरी पार गर्दै २५ हजार रुपैयाँ पुरस्कार जिते। पाँचथरकै विशाल राई दोस्रो हुँदै २० हजार रुपैयाँ पाए भने इलामका राजेन्द्र लिम्बूले ४ घन्टा ४९ मिनेट १८ सेकेन्डमा दूरी पूरा गरी तेस्रो स्थान हासिल गर्दै १० हजार रुपैयाँ प्राप्त गरे। ताप्लेजुङका रमेश लिम्बू चौथो भए। उनले ५ घन्टा ३ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गरी ५ हजार रुपैयाँ हात पारे।

म्याराथन मङ्गलबार बिहान साढे ७ बजे इलाम बजारबाट सुरु भई सन्दकपुर डाँडामा सम्पन्न भएको थियो। समुद्री सतहबाट १,२२० मिटरदेखि ३,६१० मिटर उचाइसम्म फैलिएको कठिन र चुनौतीपूर्ण भू–भागमा आयोजना गरिएको यस म्याराथनले खेलकुदसँगै वातावरणीय सन्देश बोकेको थियो।

दीपज्योति युवा क्लबद्वारा आयोजना गरिएको म्याराथनको मुख्य उद्देश्य विश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डा तथा हिमाली जैविक विविधता संरक्षणप्रति जनचेतना फैलाउनु रहेको आयोजकले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win