0 प्रतिक्रिया
एमाले महाधिवेशन: पाँचथरका तीन नेताहरू केन्द्रीय सदस्यमा विजयी
AI सारांश
Fast AI१. नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा पाँचथर जिल्लाका तीन नेताहरू केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको छ।
२. आदिवासी जनजाति खुला क्लष्टरबाट अइन्द्र सुन्दर नेम्बाङ, आदिवासी जनजाति महिला क्लष्टरबाट आशारत्न जबेगु र राष्ट्रिय जनसांस्कृतिक महासंघको अध्यक्ष भूमिका लिम्बू सुब्बा केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ।
३. पाँचथरका यी नेताहरूको विजयलाई जिल्लामा पार्टी संगठन सुदृढीकरण र राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व बलियो बनाउने महत्वपूर्ण उपलब्धि मानिएको छ।
काठमाडौं। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा पाँचथर जिल्लाका तीन नेताहरू केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको छ। निवर्तमान केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज अइन्द्र सुन्दर नेम्बाङ आदिवासी जनजाति खुला क्लष्टरबाट १,६९९ मत प्राप्त गर्दै विजयी हुनुभएको हो।
आदिवासी जनजाति महिला क्लष्टरबाट उम्मेदवार रहनुभएकी निवर्तमान केन्द्रीय सदस्य आशारत्न जबेगुले १,६०५ मत प्राप्त गरी पुनः केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको छ भने, राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको अध्यक्ष भूमिका लिम्बू सुब्बाले १,८९८ मत प्राप्त गरी केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ। तीनै जना नेताहरू नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहबाट चुनावमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
पाँचथरका यी नेताहरूको विजयलाई जिल्लामा पार्टी संगठन सुदृढीकरण र राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व बलियो बनाउने महत्वपूर्ण उपलब्धि मानिएको छ।
नयाँ नेतृत्व चयन र समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै महाधिवेशन बिहीबार सम्पन्न भएको छ। भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्र आज औपचारिक रूपमा समापन भएको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अन्तिम मतपरिणाम घोषणा गर्नुभएको थियो।
नवनिर्वाचित अध्यक्ष ओलीले शपथ लिइसकेपछी महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सपथ गराउनुभएको छ। सपथसँगै नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हालेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









