0 प्रतिक्रिया
मिक्लाजुङ वडा स्तरीय फुटबल: पुरुषतर्फ वडा नं. ४ रवी र महिलातर्फ वडा नं. ८ दुर्दिम्बा विजेता
AI सारांश
Fast AI१. मिक्लाजुङ गाउँपालिकाको आठौँ संस्करण पुरुष तथा सातौँ संस्करण महिला वडा स्तरीय फुटबल प्रतियोगिता मंसिर २७ गतेदेखि पौष ४ गतेसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न भएको छ।
२. पुरुष तर्फको फाइनल खेलमा मिक्लाजुङ वडा नं. ४, रवीले वडा नं. ८ दुर्दिम्बालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको छ।
३. महिला तर्फको फाइनल खेलमा मिक्लाजुङ वडा नं. ८ दुर्दिम्बाले वडा नं. ५ कुरुम्बालाई २–० गोल अन्तरले पराजित गर्दै विजेता बनेको छ।
मनोज थापा | पाँचथर
मिक्लाजुङ खेलकुद विकास समितिको आयोजनामा मिक्लाजुङ गाउँपालिकाको आठौँ संस्करण पुरुष तथा सातौँ संस्करण महिला वडा स्तरीय फुटबल प्रतियोगिता मंसिर २७ गतेदेखि पौष ४ गतेसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न भएको छ। मिक्लाजुङ गाउँपालिका–४ स्थित श्री अमरदीप खेलमैदानमा सम्पन्न प्रतियोगितामा गाउँपालिकाका ८ वटै वडाका खेलाडीहरूको सहभागिता रहेको थियो।
पुरुष तर्फको फाइनल खेलमा मिक्लाजुङ वडा नं. ४, रवीले वडा नं. ८ दुर्दिम्बालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको छ। विजेता वडा नं. ४ रवीले नगद रु ४० हजार, १०० तोला चाँदीको ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. ८ दुर्दिम्बाले नगद रु २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यसैगरी, महिला तर्फको फाइनल खेलमा मिक्लाजुङ वडा नं. ८ दुर्दिम्बाले वडा नं. ५ कुरुम्बालाई २–० गोल अन्तरले पराजित गर्दै विजेता बनेको छ। महिला तर्फको विजेता टिमले नगद रु ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. ५ कुरुम्बाले नगद रु २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
समापन समारोहका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिम रहनुभएको थियो भने समारोहको अध्यक्षता मिक्लाजुङ खेलकुद विकास समितिका अध्यक्ष बिरेन्द्र राईले गर्नुभएको थियो। समापन समारोहमा बोल्दै अध्यक्ष माखिमले स्थानीय तहमा खेलकुद विकासका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आर्थिक वर्ष २०८२/०८३ को वार्षिक खेलकुद कार्यक्रमअन्तर्गत आयोजना गरिएको यस प्रतियोगिताले स्थानीय स्तरमा खेल प्रतिभाको पहिचान तथा खेलकुद संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजक मिक्लाजुङ खेलकुद विकास समितिले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









