Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "wc-add-to-cart" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "woocommerce" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "script" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131
Comments Add Comment

कुम्मायक गा.पा. स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी मा.वि.को पोल्टामा

पाँचथर । सातौँ कुम्मायक गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा पृथ्वी माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गर्दै विजयी भएको छ। यसले १५ स्वर्ण, १ रजत र ६ कास्य पदकसहित जम्मा २२ पदक प्राप्त गरेको छ।

प्रतियोगितामा दोस्रो स्थानमा खाल्डे माध्यमिक विद्यालय रहेको छ, जसले ५ स्वर्ण, ८ रजत र ३ कास्य पदकसहित जम्मा १६ पदक जितेको छ। तेस्रो स्थानमा महेन्द्रोदय माध्यमिक विद्यालय, पिपलबोटे रहेछ, जसले ५ स्वर्ण, ७ रजत र १० कास्य पदकसहित जम्मा २२ पदक प्राप्त गरेको छ। चौथो स्थानमा सिद्ध माध्यमिक विद्यालय, रानीगाउँ रहेछ, जसले ४ स्वर्ण, ८ रजत र ६ कास्य पदकसहित जम्मा १८ पदक प्राप्त गरेको छ भने पाँचौँ स्थानमा सिद्ध सरस्वती माध्यमिक विद्यालय, माङ्जाबुङ रहेछ, जसले १ स्वर्ण, ६ रजत र ३ कास्य पदकसहित जम्मा १० पदक जितेको छ।

प्रतियोगिता २०८२।०९।२४ गते गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो। कार्यक्रम कुम्मायक गाउँपालिकाको कार्यालय, यासोक, पाँचथरद्वारा आयोजना गरिएको थियो भने सञ्चालन श्री सिद्ध माध्यमिक विद्यालय, कुम्मायक–४, तिङ्देन, पाँचथरबाट गरिएको थियो।

समापन कार्यक्रम सिद्ध माध्यमिक विद्यालय, कुम्मायक–४, तिङ्देनका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सम्बाहाम्फेले अध्यक्षतामा भएको थियो। प्रमुख अतिथि कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्का हुनुहुन्थ्यो। साथै १ नं. वडा अध्यक्ष देवेन्द्र कुमार लावती, ४ नं. वडा अध्यक्ष फगेन्द्र कुमार सम्बाहाम्फे लगायतका जनप्रतिनिधिहरु, शिक्षा शाखा प्रमुख प्रदिप सिं तामाङ, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। प्रतियोगितामा गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयहरु सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै