+
+

जातीय विभेद अन्त्यका लागि सरोकारवालाबीच संवाद

13 पटक हेरिएको
Clock २०८२ चैत्र २४, मंगलवार १०:०७
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्न ३ बुँदामा प्रस्तुत गरिएको छ:

* पाँचथर जिल्लामा जातिय विभेद विरुद्ध सचेतना अभिवृद्धि गर्ने उदेश्यले चैत्र २२ देखी सवाल पहिचान कार्यशाला सञ्चालन भइरहेको छ।
* कार्यशालामा सहभागिहरुले अन्तरजातिय विवाह समस्या, दलित भित्रको छुवाछुत, समाजमा विद्यमान विभेदका सवाल, नीतिगत सुधार, संविधानप्रद्धत्त पाउनुपर्ने हक अधिकार, सेवा सुविधाका विषयहरुमा छलफल गरेका थिए।
* कार्यक्रममा सहभागि सरोकारवालाहरुले विभेदरहित समाज निर्माणमा खेल्नुपर्ने भूमिका जस्ता विषयमा अभ्यास गर्नुका साथै जातिय विभेद अन्त्यका लागि कार्ययोजना समेत तयार गरेका थिए।

इवारा जवेगु, लिम्बू
पाँचथर। जिल्लामा जातिय विभेद विरुद्ध सचेतना अभिवृद्धि गर्ने उदेश्यले चैत्र २२ देखी सञ्चालन भइरहेको विशिष्टीकृत समूहहरुबीच संवादमार्फत सवाल पहिचान कार्यशालाको दोस्रो दिन जिल्लास्थित सरोकारवालाहरुसंग अन्तरकृयात्मक कार्यक्रम भएको छ।
स्थानीय तहमा नीतिगत सचेतना मार्फत समानताको सुनिश्चितता गर्ने लक्ष्यका साथ आयोजित कार्यशालाको दोस्रो दिन सरोकारवाला निकाय, नागरिक समाज, पत्रकार साथै विभिन्न क्षेत्रका प्रतिनिधीहरुको सहभागिता छलफल भएको हो।
छलफलका क्रममा सहभागिहरुले अन्तरजातिय विवाह समस्याको समाधान नभई विभेद न्यूनिकरण गर्ने साध्य हुनसक्ने धारणा राख्नका साथै, दलित भित्रको छुवाछुत समाजमा अझै व्याप्त रहेको र, सवैभन्दा पहिला यस समस्याको अन्त्य हुनुपर्ने जोड दिएका थिए।
यो संगै समाजमा विद्यमान रहेको विभेदका सवाल, नीतिगत सुधारका आवश्यता तथा संविधानप्रद्धत्त पाउनुपर्ने हक अधिकार, सेवा सुविधाका विषयहरुमा छलफल गरेका थिए।
कार्यक्रममा सहभागि सरोकारवालाहरुले विभेदरहित समाज निर्माणमा खेल्नुपर्ने भूमिका जस्ता विषयमा अभ्यास गर्नुका साथै जातिय विभेद अन्त्यका लागि कार्ययोजना समेत तयार गरेका थिए।
उक्त कार्ययोजनाहरुलाई दलित आयोगसंग समन्वय गरेर सरकारसम्म पु¥याउने आयोजकले जनाएको छ।
मानव अधिकार मञ्च नेपाल, इलाम, जिल्ला समन्वय समिति पाँचथर तथा मिजेरियो, जमर्नीको सहयोगमा सञ्चालन भइरहेको कार्यशालामा अन्तिम दिन चैत्र २४ गते जिल्लाका जनप्रतिनिधीहरुसंग छलफल संवाद गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win