0 प्रतिक्रिया
पाँचथरमा साहसिक फुटबल प्रतियोगिता, विजेतालाई ४० किलो चौंरीको घ्यू
AI सारांश
Fast AI१. सूर्योदय युवा क्लब लाफेले साहसिक फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
२. प्रतियोगिता समुद्री सतहबाट करिब ३ हजार ४ सय ५० मिटर उचाइमा आयोजना गरिएको थियो।
३. उपाधि विजेता सूर्योदयले करिब ४० हजार रुपैयाँ बराबरको ४० किलो चौंरीको घ्यू, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
मनोज थापा
पाँचथर-पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटबल प्रतियोगिताको उपाधि सूर्योदय युवा क्लब लाफेले जितेको छ। प्रतियोगिताको फाइनल खेलमा सूर्योदयले तीनसिमाना जनसेवा समाज, मेमेङलाई पराजित गर्दै च्याम्पियन बनेको हो।
समुद्री सतहबाट करिब ३ हजार ४ सय ५० मिटर उचाइमा आयोजना गरिएको प्रतियोगिताले खेलप्रेमी र पर्यटकको ध्यान आकर्षित गरेको छ। सीमावर्ती उच्च पहाडी क्षेत्रमा आयोजना हुने यो फुटबल प्रतियोगिता नेपालका उच्च स्थानमा सञ्चालन गरिने प्रतियोगितामध्ये एक मानिन्छ।
उपाधि विजेता सूर्योदयले करिब ४० हजार रुपैयाँ बराबरको ४० किलो चौंरीको घ्यू, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता तीनसिमाना जनसेवा समाजले भने २० हजार रुपैयाँ बराबरको २० किलो घ्यूसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ।
नवौं फालेलुङ चौंरी पर्यटन महोत्सव २०८३ को अवसर पारेर कञ्चनजंघा याक चिज उत्पादन समूहले प्रतियोगिता आयोजना गरेको हो। यस वर्षको प्रतियोगितामा नेपाल र भारतका गरी पाँच टोलीको सहभागिता रहेको थियो।
२०७४ सालदेखि नेपाली नयाँ वर्षको अवसर पारेर चारराते क्षेत्रमा चौंरी पर्यटन महोत्सव आयोजना हुँदै आएको छ। महोत्सव अन्तर्गत चौरी प्रदर्शनी, याक डान्स तथा झाँकी प्रदर्शन, सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी तथा खेलकुद गतिविधि सञ्चालन गरिने गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









