+
+

त्रिशाली आमन्त्रण गोल्डकपको फाइनल आज: म्याङलुङ र रेड हर्ष इलाम उपाधिका लागि भिड्दै

4 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८३ बैशाख २५, शुक्रबार ०९:१४
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ को फाइनल खेल आज हुँदैछ।
२. उपाधिका लागि तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब र इलामको रेड हर्ष एफसी इलाम आमनेसामने हुँदैछन्।
३. प्रतियोगितामा प्रथम पुरस्कार रु. ४,२५,५५५ र दोस्रो पुरस्कार रु. २,१२,७७७ रहनेछ।

मनोज थापा,पाँचथर
पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा जारी दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ को फाइनल खेल आज हुँदैछ। उपाधिका लागि तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब र इलामको रेड हर्ष एफसी इलाम आमनेसामने हुँदैछन्।
तङ्सुम तङ्नाम त्रिशाली पूजा तथा मेलाको अवसरमा यलम्बर युवा संस्थाको आयोजनामा बैशाख १९ गतेदेखि सुरु भएको प्रतियोगिता पृथ्वी माविको खेलमैदानमा सञ्चालन भइरहेको हो।

म्याङलुङ स्पोर्टिङ क्लबले क्वाटरफाइनलमा मरिक एफसी धरानलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो भने सेमिफाइनलमा आयोजक यलम्बर युवा संस्थालाई ३–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो।

यता रेड हर्ष एफसी इलामले क्वाटरफाइनलमा झापा–११ लाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। त्यसपछि सेमिफाइनलमा पथरी–११ लाई पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो।

आज हुने फाइनल खेललाई प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेलका रूपमा हेरिएको छ। दुवै टोली उत्कृष्ट लयमा रहेकाले उपाधि कसले उचाल्ने भन्नेमा दर्शकमाझ ठूलो उत्साह देखिएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार रु. ४,२५,५५५ र दोस्रो पुरस्कार रु. २,१२,७७७ रहनेछ। त्यसैगरी व्यक्तिगत विधागत पुरस्कारहरूमा ‘प्लेयर अफ द टुर्नामेन्ट’ लाई रु. १५,०००, ‘बेस्ट गोलकिपर’ लाई रु. १०,०००, ‘बेस्ट डिफेन्डर’ लाई रु. १०,०००, ‘बेस्ट मिडफिल्डर’ लाई रु. १०,०००, ‘बेस्ट फरवार्ड’ लाई रु. १०,०००, ‘हाईएस्ट स्कोरर’ लाई रु. १२,०००, ‘बेस्ट कोच’ लाई रु. ७,००० र ‘राइजिङ प्लेयर’ लाई रु. १०,००० पुरस्कार प्रदान गरिनेछ।

त्यस्तै प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई रु. ७,००० तथा ‘फ्यान अफ द म्याच’ लाई रु. १,५०० पुरस्कार प्रदान गरिदै आएको आयोजकले जनाएको छ।

परापूर्वकालदेखि प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको तङ्सुम तङ्नाम (त्रिशाली) पूजा तथा मेलाको अवसरमा यस प्रतियोगिता कुम्मायक कुस्सायक धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने साथै  स्थानीय तथा राष्ट्रिय स्तरमा खेलकुदको विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win