+
+

रेड हर्षलाई हराउँदै म्याङलुङले उचाल्यो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको उपाधि

12 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८३ बैशाख २५, शुक्रबार २१:३६
-- Sponsored --

AI सारांश

Fast AI

१. तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबले दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ को उपाधि जित्दै नगद रु. ४ लाख २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
२. म्याङलुङ स्पोर्टिङ क्लबले इलामको रेड हर्ष एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको छ भने उपविजेता रेड हर्ष एफसी इलामले नगद रु. २ लाख १२ हजार ७ सय ७७ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
३. फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्याङलुङका पुजन चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए भने म्याङलुङका सन्तोष लिम्बुले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार रु. १५ हजार नगद प्राप्त गरेका छन्।

मनोज थापा, पाँचथर

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा बैशाख १९ गतेदेखि सञ्चालन भएको दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ को उपाधि तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबले जितेको छ।

शुक्रबार पृथ्वी माध्यमिक विद्यालय यासोकको खेल मैदानमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा म्याङलुङले इलामको रेड हर्ष एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो।

उपाधिसँगै विजेता म्याङलुङ स्पोर्टिङ क्लबले नगद रु. ४ लाख २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता रेड हर्ष एफसी इलामले नगद रु. २ लाख १२ हजार ७ सय ७७ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। फाइनल खेलका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय नरेन्द्र प्रसाद केरुङ रहेका थिए। कार्यक्रममा यलम्बर युवा संस्थाका अध्यक्ष भिम नारेन लावती (बिबस) ले अध्यक्षता गरेका थिए।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्याङलुङका पुजन चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद रु. ७ हजार प्राप्त गरेका छन्। त्यस्तै अन्जली लिम्बु र जमिन लिम्बु ‘फ्यान अफ द म्याच’ घोषित हुँदै जनही रु. १,५०० का दरले पुरस्कृत भएका छन्।

विधागत पुरस्कारतर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी म्याङलुङका सन्तोष लिम्बुले रु. १५ हजार नगद पुरस्कार प्राप्त गरे। उदियमान खेलाडी यलम्बर युवा संस्थाका माराम फेवादेन, उत्कृष्ट डिफेन्डर रेड हर्ष एफसीका सुगम लिम्बु, उत्कृष्ट मिडफिल्डर रेड हर्ष एफसीकै म्यागनेट लिम्बु, उत्कृष्ट फरवार्ड म्याङलुङका निस कुमार श्रेष्ठ तथा उत्कृष्ट गोलकिपर म्याङलुङका प्रेम लिम्बुले जनही रु. १० हजार नगद पुरस्कार प्राप्त गरे।

त्यस्तै, सर्वाधिक गोलकर्तातर्फ म्याङलुङका सन्तोष लिम्बु र यलम्बर युवा संस्थाका लोकेन्द्र थापाले समान ३–३ गोल गर्दै संयुक्त रूपमा रु. १२ हजार पुरस्कार प्राप्त गरे। उत्कृष्ट प्रशिक्षकतर्फ म्याङलुङका प्रविन मोते घोषित हुँदै रु. ७ हजार नगद पुरस्कार हात पारे।

कार्यक्रममा विभिन्न जनप्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत हजारौँ दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिता ट्रफी, मेडल र प्रमाणपत्र, हस्तान्तरण र मायाको चिन्हो बितरणसहित भव्य रूपमा सम्पन्न भएको छ।

परापूर्वकालदेखि प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको तङ्सुम तङ्नाम (त्रिशाली) पूजा तथा मेलाको अवसरमा यस प्रतियोगिता कुम्मायक कुस्सायक धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने साथै  स्थानीय तथा राष्ट्रिय स्तरमा खेलकुदको विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको आयोजक यलम्बर युवा संस्थाले जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win