+
+

मैवाखोला गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट

0 पटक हेरिएको
Clock २०८३ बैशाख ३१, बिहीबार १५:३७
-- Sponsored --

AI सारांश

Fast AI

१. मैवाखोला गाउँपालिका-६ हाफाबुङमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
२. आगलागीबाट करिब रु १६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
३. घरको माथिल्लो कोठामा छ वर्षीया आइसा लिम्बूले लाइटर खेलाउने क्रममा अचानक आगो सल्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

ताप्लेजुङ, ३१ वैशाखः जिल्लाको मैवाखोला गाउँपालिका-६ हाफाबुङमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आज बिहान भएको आगलागीबाट स्थानीय रामकुमार लिम्बुको तीन तले कच्ची घर जलेर नष्ट भएको हो।

आगलागीबाट करिब रु १६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरको माथिल्लो कोठामा छ वर्षीया आइसा लिम्बूले लाइटर खेलाउने क्रममा अचानक आगो सल्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

मैवाखोला-६ का वडाध्यक्ष राजमान लिम्बूले आगलागीको खबर गरेपछि अस्थायी प्रहरी चौकी फाकुम्बाबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win