0 प्रतिक्रिया
फिदिममा निःशुल्क हाडजोर्नी स्वास्थ्य शिविर सम्पन्न, ५८५ नागरिक लाभान्वित
AI सारांश
Fast AIनेपाली समाचारको सारांश निम्नलिखित ३ वटा बुँदामा दिन सकिन्छ:
* फिदिम नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क हाडजोर्नी स्वास्थ्य शिविर उल्लेखनीय सफलता साथ सम्पन्न भएको छ, जसमा ५८५ जना नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो।
* परीक्षणका क्रममा १७२ जनालाई उच्च दक्षतायुक्त चिकित्सक टोलीद्वारा सफल शल्यक्रिया गरिएको जनाइएको छ, जुन विशेषतः आर्थिक रूपमा विपन्न र स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित नागरिकहरूका लागि लाभदायक बनेको छ।
* फिदिम नगरपालिकाले स्थानीय तहको स्वास्थ्य सेवा प्रवर्द्धनमा दुरदर्शी सोच, संस्थागत प्रतिबद्धता र सामाजिक उत्तरदायित्वलाई स्पष्ट रूपमा उजागर गरेको छ, र आगामी दिनहरूमा पनि यस्ता जनमैत्री स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिने जनाइएको छ।
पाँचथर-फिदिम नगरपालिका र पाँचथर अस्पतालको संयोजन तथा सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीको प्राविधिक सहयोगमा फिदिम नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क हाडजोर्नी स्वास्थ्य शिविर उल्लेखनीय सफलता साथ सम्पन्न भएको छ।
शिविरमार्फत हाडजोर्नी तथा हड्डीसम्बन्धी विभिन्न समस्या भोगिरहेका कुल ५८५ जना नागरिकको सूक्ष्म र व्यवस्थित स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा पहिचान भएका जटिल अवस्थामध्ये १७२ जनाको उच्च दक्षतायुक्त चिकित्सक टोलीद्वारा सफल शल्यक्रिया गरिएको जनाइएको छ।
विशेषतः आर्थिक रूपमा विपन्न, स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित तथा दुर्गम क्षेत्रका नागरिकहरूका लागि यो शिविर अत्यन्तै लाभदायक बनेको छ। निःशुल्क परीक्षण र उपचारले नागरिकलाई प्रत्यक्ष राहत प्रदान गर्नुका साथै समयमै उपचार पाउने अवसर सुनिश्चित गरेको छ।
नागरिकको स्वास्थ्यलाई सर्वोपरि प्राथमिकतामा राख्दै सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीय तहको स्वास्थ्य सेवा प्रवर्द्धनमा फिदिम नगरपालिकाको दुरदर्शी सोच, संस्थागत प्रतिबद्धता र सामाजिक उत्तरदायित्वलाई स्पष्ट रूपमा उजागर गरेको छ। फिदिम नगरपालिले आगामी दिनहरूमा पनि यस्ता जनमैत्री, सेवामूलक तथा जीवनरक्षात्मक स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिने नगर प्रमुख मित्र प्रसाद काफ्लेले जानकारी दिनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









