0 प्रतिक्रिया
फिदिम–५ स्थित लव्रेकुटीमा समाज सुधार दिवस भव्य रूपमा मनाइँदै
AI सारांश
Fast AI१. पाँचथरको फिदिम नगरपालिका– ५ मा अवस्थित धार्मिक एवमं पर्यटकिय स्थल लव्रेकुटीमा बैशाख २४ गते विविध कार्यक्रमको आयोजना गरिएको छ।
२. लव्रेकुटी क्षेत्र सरसफाई, सेवा साथै २५ गते माङवा हाङवा वितरण गरिने छ।
३. वैशाख २४ गतेभने लबे्रकुटी माङहिको शताब्दी वर्ष साथै किरात लब्रेकुटी भ्रमण वर्ष २०८३ को शुभारम्भको शिलान्यास गरिने छ।
इवारा जवेगु लिम्बु, पाँचथर।
पाँचथरको फिदिम नगरपालिका–५ मा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल लव्रेकुटीमा वैशाख २४ गते विविध कार्यक्रम आयोजना गरिएको छ।
समाज सुधार दिवसको अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सुवास तुम्बापोले जानकारी दिनुभयो। उहाँका अनुसार वैशाख १७ गतेबाट सुरु भएको कार्यक्रम वैशाख २५ गतेसम्म सञ्चालन हुने छ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत लव्रे कुटी क्षेत्र सरसफाइ, सेवा तथा वैशाख २५ गते माङवा–हाङवा वितरण गरिनेछ।
वैशाख २४ गते भने लव्रेकुटी माङहिमको शताब्दी वर्ष तथा ‘किरात लव्रेकुटी भ्रमण वर्ष २०८३’ को शुभारम्भको शिलान्यास गरिने तुम्बापोले बताउनुभयो।
उहाँका अनुसार राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले वि.सं. १९८३ मा विश्व शान्ति, मानव एकता तथा सम्पूर्ण प्राणीहरूको रक्षार्थ ‘किरात साङसेन वरक चोत्लुङ माङहिम’ निर्माण गराउनुभएको थियो। साथै, वि.सं. १९८८ वैशाख २४ गते विश्व शान्ति र मानव मुक्तिका लागि ‘७ बुँदे सत्य धर्म मुचुल्का’ निर्माण गराउनुभएको सम्मान तथा स्मरणमा यस वर्ष ९६औँ समाज सुधार दिवसका अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









