+
+

तुम्बेवा अध्यक्ष कप: फक्ताङलुङ, सन्जिवनी र तुम्बेवा–१ सेमिफाइनलमा

51 पटक हेरिएको
Clock २०८३ जेष्ठ ५, मंगलवार २१:१६
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको तुम्बेवा गाउँपालिकामा जारी "चौथो अध्यक्ष कप खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८३" को सेमिफाइनल समिकरण पूरा भएको छ।
२. फक्ताङलुङ एफसी र तुम्बेवा–१ ले सेमिफाइनलमा स्थान बनाएको छ, जो क्रमशः सुम्निमा पारूहाङ एफसी र सन्जिवनी स्पोर्टिङ क्लब धनकुटासँग प्रतिस्पर्धा गर्नेछ।
३. प्रतियोगिताको पुरुषतर्फ विजेता टोलीले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

पाँचथर-पाँचथरको तुम्बेवा गाउँपालिका मा जारी “चौथो अध्यक्ष कप खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८३” को सेमिफाइनल समिकरण पूरा भएको छ।

मंगलबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा फक्ताङलुङ एफसी ले एम एफसीलाई ३–२ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

त्यस्तै, तेस्रो क्वाटरफाइनलमा सन्जिवनी स्पोर्टिङ क्लब धनकुटा ले कुम्मायक स्पोर्टिङ क्लब लाई १–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। सन्जिवनीले अब सेमिफाइनलमा सुम्निमा पारूहाङ एफसी सँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै, अन्तिम क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन आयोजक टोलीलाई तुम्बेवा–१ ले २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अब तुम्बेवा–१ ले फक्ताङलुङ एफसीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। दुवै सेमिफाइनल खेल जेठ ६ गते बुधबार हुने आयोजकले जनाएको छ।

महिला फुटबलतर्फ हाङगुम फाइनलमा

अध्यक्ष कप अन्तर्गतको वडा स्तरीय महिला फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा तुम्बेवा–५ हाङगुम ले तुम्बेवा–४ वलने लाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

महिला प्रतियोगिताको दोस्रो सेमिफाइनल बुधबार वडा नं. १ र वडा नं. ३ बीच हुने छ।

जेठ ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पुरुषतर्फ विजेता टोलीले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यस्तै, महिला तर्फको विजेताले नगद रु. ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. १६ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी हात पार्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win