किशोरको मृत्यु प्रकरण अनुसन्धानका क्रममा वडाध्यक्ष पक्राउ
AI सारांश
Fast AI१. पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का टठेनहाङ आङदेम्बेको दुई वर्षअघि भएको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धानका क्रममा वडाध्यक्ष देउकुमार आङदेम्बेलाई हिँजो प्रहरीले पक्राउ गरेको हो।
२. टठेनहाङकी आमा लालकुमारी चेम्जोङले गत असार ८ गते किटानी जाहेरी दिएपछि प्रहरीले पुनः अनुसन्धान अघि बढाइ वडाध्यक्ष आङदेम्बेलाई पक्राउ गरेको हो।
३. वडाध्यक्ष आङदेम्बेको घरमा बस्दै आएका टठेनहाङ २०८१ साल जेठ १३ गते मध्यराती रक्ताम्य अवस्थामा फेला परेका थिए र मध्यरात नै उनको ज्यान गएको थियो।
रवीन्द्र काफ्ले (रासस)
पाँचथर, २४ असारः
पाँचथरमा एक १५ वर्षीय किशोरको दुई वर्षअघि भएको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धानका क्रममा वडाध्यक्ष पक्राउ परेका छन।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का टठेनहाङ आङ्देम्बेको मृत्यु प्रकरणको अनुसन्धानका क्रममा सोही वडाका वडाध्यक्ष ५५ वर्षीय देउकुमार आङ्देम्बेलाई हिँजो प्रहरीले पक्राउ गरेको हो। फिदिमबाट पक्राउ परेका आङ्देम्बेलाई पाँचथर जिल्ला अदालतबाट ७ दिनको समय लिइ अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो।
टठेनहाङकी आमा लालकुमारी चेम्जोङले गत असार ८ गते किटानी जाहेरी दिएपछि प्रहरीले पुनः अनुसन्धान अघि बढाइ वडाध्यक्ष आङ्देम्बेलाई पक्राउ गरेको हो। वडाध्यक्ष आङ्देम्बेको घरमा बस्दै आएका टठेनहाङ २०८१ साल जेठ १३ गते मध्यराती रक्ताम्य अवस्थामा फेला परेका थिए।
टठेनहाङका बावु खेमबहादुर आङ्देम्बेका अनुसार उनको टाउकोको पछाडि गमभीर चोट लागेको थियो भने नाक र कानबाट रगत बगिरहेको थियो । छिमेकीले खवर गरेपछि टठेनहाङका बावुआमा मध्यरात करीव १२ बजे वडाध्यक्ष आङ्देम्बेको घर पुग्दा छोरालाई बेहोस् भेट्टाएका थिए। स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले प्राथमिक उपचार गर्ने क्रममा टठेनहाङको मध्यरात नै ज्यान गएपछि भोलिपल्ट असार १४ गते शव परीक्षणका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको थियो।
मृतकका बावु खेमबहादुरका अनुसार घटनापछि सर्जमिन मुचुल्का उठाएको प्रहरीले त्यसैका आधारमा अनुसन्धान हुने वताएका कारण लिखित जाहेरी नै परेको थियो। “यहाँ बनाइएको मिसिलले नै काम दिन्छ, त्यसैले हेर्छ भनेर हाम्रो लिखित जाहेरी नै लिइएको थिएन”, खेमबहादुरले भन्नुभयो, “हामी सिधा सादा मान्छेलाई कसैले सहयोग गरेनन्।”
छोरालाई बेहोस् अवस्थामा देखेपछि अतालिएर आफूहरुले हातले समाएका कारण घटनासम्बन्धी प्रमाणहरु नष्ट भएको हुनसक्ने आशंका मृतकका बावुआमाको छ। वडाध्यक्ष आङ्देम्बेको घरमा बसेर कक्षा कक्षा ८ मा पढ्दै गरेका टठेनहाङ बेलाबखत घर आउजाउ गर्ने गर्दथे। घटनापछि लामो समयसम्म प्रहरीले अनुसन्धान गरेको थियो। तर पीडित पक्षको मागबमोजिम वडाध्यक्ष आङ्देम्बेलाई भने पक्राउ गरिएको थिएन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories








https://shorturl.fm/8jIff
https://shorturl.fm/7uAzp
https://shorturl.fm/8uGmg
https://shorturl.fm/pLLjv
https://shorturl.fm/DVf4k
https://shorturl.fm/bhb3Q
https://shorturl.fm/jdrU9
https://shorturl.fm/E84BH
https://shorturl.fm/E84BH
https://shorturl.fm/jo54N
https://shorturl.fm/r1v0J
https://shorturl.fm/6LMHW
https://shorturl.fm/82HOE
https://shorturl.fm/FJA7C
https://shorturl.fm/CMtPq
https://shorturl.fm/lLc4O
https://shorturl.fm/oE2bp
https://shorturl.fm/4yjMN
https://shorturl.fm/WHf2H
https://shorturl.fm/BII8A
https://shorturl.fm/iz61r
https://shorturl.fm/4tUrX
https://shorturl.fm/E7w6a
https://shorturl.fm/tsFPK
https://shorturl.fm/aQp3B
https://shorturl.fm/iRJwP
https://shorturl.fm/BAMUA
https://shorturl.fm/ZNJ2N
https://shorturl.fm/V6rv5
https://shorturl.fm/NE94W
ya,im here
https://shorturl.fm/6bd7m