+
+

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’ मा रहन निर्देशन

26 पटक हेरिएको
Clock २०८३ आश्विन ८, बिहीबार १२:५३
-- Sponsored --

विराटनगर । मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारीलाई तीव्र बनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १४ वटै जिल्लास्थित आफ्ना मातहतका कार्यालय, कर्मचारी, उपकरण तथा जनशक्तिलाई उच्च सतर्कतामा रहन कडा निर्देशन दिएको छ।

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण हावाहुरी र भारी वर्षाको सम्भावना रहेकाले सडक तथा पूर्वाधारमा पुग्न सक्ने सम्भावित क्षति न्यूनीकरण र तत्काल मर्मतका लागि संयन्त्रहरू तम्तयार राखिएको हो।

वर्षाका कारण उत्पन्न हुनसक्ने प्राकृतिक विपत्ति र त्यस बखत तत्काल गर्नुपर्ने उद्धार तथा राहतका कामका लागि स्थानीय तह र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्न निर्देशन दिइएको भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले जानकारी दिए ।

मन्त्री आचार्यले जोखिमयुक्त सडक, पुल तथा पूर्वाधारहरूको नियमित निगरानी बढाउन, उपलब्ध जनशक्ति, मेसिन तथा उपकरणलाई तयारी अवस्थामा राख्न र कुनै पनि विपद् आइपरे तत्काल परिचालन भई मन्त्रालयलाई जानकारी गराउन मातहतका निकायलाई निर्देशित गरेका छन्। साथै, विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै मन्त्री आचार्यले कोशी प्रदेशवासी आम जनसमुदायलाई समेत उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि ८ गते कोशी प्रदेशमा मौसम अत्यधिक सक्रिय रहनेछ। आज दिउँसो र राति कोशीका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाका साथै पहाडी र तराईका एक–दुई स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना छ। बिहीबार पनि कोशीका धेरै स्थानमा मध्यम वर्षा, केही स्थानमा भारी वर्षा र पहाडी भूभागका एक(दुई स्थानमा ‘धेरै भारी’ वर्षा हुने अनुमान गरिएको छ। भारी वर्षाका कारण पहिरो, बाढी तथा गेग्रान बहावको उच्च जोखिम रहने भएकाले महाशाखाले सतर्क रहन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win