0 प्रतिक्रिया
पाँचथरमा वन सम्बन्धी कानुनबारे पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सुरु
AI सारांश
Fast AI१. पाँचथरका आठवटै स्थानीय तहमा वनसम्बन्धी कानुन र सामुदायिक वन सञ्चालन प्रक्रियाबारे पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।
२. पहिलो चरणमा फिदिम नगरपालिकामा दुई दिनसम्म सम्पन्न भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वन उपभोक्ता समूहका प्रतिनिधि र वन कार्यालयका अधिकारीहरूको सहभागिता रहेको थियो।
३. पूर्वी पहाडी क्षेत्रमा वन र जैविक विविधताको दिगो व्यवस्थापनका लागि सरोकारवालाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता महासंघले यो कार्यक्रम आयोजना गरेको हो।
कमल घिमिरे । कात्तिक १३ । पाँचथर
पाँचथरमा वनसम्बन्धी विद्यमान ऐन, कानुन तथा सामुदायिक वन सञ्चालन प्रक्रियाबारे पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।
जिल्लाका आठवटै स्थानीय तहमा सञ्चालन हुने कार्यक्रमअन्तर्गत पहिलो चरणमा फिदिम नगरपालिकामा बिहीबार र शुक्रबार अभिमुखीकरण सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय तहका आदिवासी जनजाति प्रतिनिधि, जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, पत्रकार तथा डिभिजन र सव–डिभिजन वन कार्यालयका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
एक स्थानीय तहमा दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा वनसम्बन्धी ऐन तथा कानुन, कानुनी कारबाही, सामुदायिक वनको भूमिका, सञ्चालन प्रक्रिया लगायतका विषयमा जानकारी दिइँदैछ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, कोशी प्रदेशको आयोजना तथा जिल्ला महासंघ पाँचथरको संयोजनमा आयोजित अभिमुखीकरणको सहजीकरण स्वतन्त्र विज्ञ गणेश तिम्सिनाले गर्नुभएको थियो।
पूर्वी पहाडी क्षेत्रमा वन, वनभूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनका लागि सरोकारवालाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघका सचिव देवी नेउपानेले जानकारी दिनुभयो।
उनका अनुसार आगामी कात्तिक १४ र १५ गते हिलिहाङ गाउँपालिकाको जोरपोखरीमा कार्यक्रम सञ्चालन हुनेछ भने अन्य स्थानीय तहमा कार्यक्रम हुने मिति पछि तय गरिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






