0 प्रतिक्रिया
पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना
AI सारांश
Fast AI१. पूर्वाधार विकास मन्त्रालय मातहतको डिभिजन कार्यालय पाँचथरको फिदिममा स्थापना गरिएको छ।
२. यो डिभिजनको कार्यक्षेत्रमा पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्ला पर्दछन्।
३. डिभिजनले पर्यटकीय सडक, स्थानीय केन्द्र जोड्ने सडक र पुल निर्माण जस्ता पूर्वाधार विकास कार्य गर्नेछ।
रवीन्द्र काफ्ले
पाँचथर, १८ कात्तिकः
पाँचथरको फिदिममा पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास डिभिजन स्थापना भएको छ।
जिल्ला समन्वय समितिको कार्यालय पाँचथरमा स्थापित डिभिजनको आज फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले उदघाटन गर्नुभयो। पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्ला कार्यक्षेत्र रहेको डिभिजनमा ११ जना कर्मचारीको दरबन्दी रहेको छ। मन्त्रिपरिषदको असोज १३ गतेको निर्णयबमोजिम स्थानीय पूर्वाधार विकास विभाग मातहतमा डिभिजन स्थापना भएको डिभिजन प्रमुख रामआशिष शाहले जानकारी दिनुभयो।
डिभिजनले पर्यटकीय सडकहरु, स्थानीय तहका केन्द्र जोड्ने सडकहरु, वडा कार्यालय जोड्ने सडकहरु, सडक पुल र झोलुङ्गे पुल निर्माण लगायत क्षेत्रमा कार्य गर्ने क्षेत्राधिकार पाएको डिभिजन प्रमुख शाहले वताउनुभयो। सातै प्रदेशमा रहेका पूर्वाधार सुपरीवेक्षण तथा अनुगमन कार्यालयको मातहतमा देशभरिमा २१ वटा डिभिजनहरुमध्ये कोशी प्रदेशमा पाँचथरमा पहिलो डिभिजन स्थापना भएको हो।
कोशी प्रदेशमा पाँचथर डिभिजनले तेह्रथुम र ताप्लेजुङ जिल्ला, इलाम डिभिजनले इलाम र झापा जिल्ला, धनकुटा डिभिजनले धनकुटा, भोजपुर र संखुवासभा जिल्ला, ओखलढुङ्गा डिभिजनले ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु जिल्ला तथा इटहरी सुपरीवेक्षण कार्यालयले प्रत्यक्ष रुपमा मोरङ, सुनसरी र उदयपुर जिल्लामा कार्य गर्ने शाहले वताउनुभयो।
पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले स्थानीय तहले समाधान गर्न नसकेका ग्रामीण क्षेत्रका सडक र पुलका समस्या समाधान गर्न कार्यालय परिणामुखी हुने विश्वास गरिएको वताउनुभयो। “यहाँ विशेषतः विपदका कारण ग्रामीण क्षेत्रमा सडक र पुलहरु अलपत्र छन। तिनको पुनर्निर्माणमार्फत जनजीवन सहज बनाउन यो डिभिजन सहयोगी हुने यहाँको अपेक्षा छ”, प्रजिअ दाहालले भन्नुभयो, “यस कार्यालयबाट यहाँका नागरिकले धेरै लाभ लिन सक्नुपर्छ।”
प्रजिअ दाहालले अहिले जनआकाङ्क्षा तीब्र रहेको र यो कार्यालय स्थापनाले जनआकाङ्क्षामा केही आशाका किरण भरेको वताउनुभयो। उहाँले पूर्वाधार, रोजगारी र उत्पादनमार्फत गरिबी निवारण मद्दत पुग्ने योजना अघि बढाउन पनि डिभिजनलाई आग्रह गर्नुभयो।
फिदिम नगरपालिकाका नगर प्रमुख मित्रप्रसाद काफ्लेले संघीय सरकारले विकासका प्रायः सबै कार्यहरु गर्ने पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालय स्थापना हुनु जिल्लावासीका लागि खुशीको कुरा भएको वताउनुभयो। उहाँले संघीय कार्यालय स्थापना हुँदा स्थानीय तहलाई काम गर्न पनि सघाउ पुग्ने वताउनुभयो। “विकासका योजनाहरुको प्रभावकारी कार्यान्वयन र गुणस्तरीय निर्माणमा सहयोग पुग्ने हामीले अपेक्षा गरेका छौं”, काफ्लेले भन्नुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






