+
+

कुम्मायक–५ मा साविक वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सम्पन्न, उपाधि साविक वडा नं. ४ लाई

340 पटक हेरिएको
Clock २०८३ कार्तिक २३, आईतवार २०:४०
-- Sponsored --

AI सारांश

Fast AI

१. कुम्मायक गाउँपालिका–५ मा सञ्चालित साविक वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता–२०८३ को उपाधि साविक वडा नं. ४ ले जितेको छ।
२. फाइनल खेलमा साविक वडा नं. ४ ले साविक वडा नं. ८ लाई ५–० गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो।
३. विजेता टोलीले नगद रु. २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले रु. १५ हजारसहित सम्मान पाएको छ।

मनोज थापा

पाँचथर। कुम्मायक गाउँपालिका–५, पिपलबोटेस्थित महेन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालित साविक वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि साविक वडा नं. ४ ले जितेको छ।

कुम्मायक गाउँपालिका वडा नं. ५ कार्यालय पिपलबोटेको आयोजनामा २०८३ कार्तिक २१ र २२ गते सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा साविक वडा नं. ४ ले साविक वडा नं. ८ लाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

कुम्मायक गाउँपालिका–५ अन्तर्गतका साविक ९ वडामध्ये साविक वडा नं. २ बाहेक ८ वटा वडाको सहभागिता रहेको प्रतियोगितामा प्रतिस्पर्धात्मक खेलहरू भएका थिए।

फाइनल प्रवेशका लागि भएको पहिलो सेमिफाइनलमा साविक वडा नं. ८ ले साविक वडा नं. ९ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। त्यस्तै, दोस्रो सेमिफाइनलमा साविक वडा नं. ४ ले साविक वडा नं. ५ लाई २–० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

प्रतियोगिताको विजेता साविक वडा नं. ४ ले नगद रु. २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता साविक वडा नं. ८ ले नगद रु. १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

त्यस्तै, प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा टोलीलाई समेत नगद पुरस्कार र मेडल प्रदान गरिएको छ। फेयर प्ले अवार्ड साविक वडा नं. ७ ले प्राप्त गरेको छ। उत्कृष्ट गोलकिपर सचिन लावती, उत्कृष्ट डिफेन्डर देवेन्द्र मगर, उत्कृष्ट मिडफिल्डर नइन्द्र चेम्जोङ, उदीयमान खेलाडी डिल्लीराम थापा र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) सौगात चेम्जोङ घोषित भएका छन्। त्यसैगरी, सर्वाधिक गोलकर्ताको उपाधि सुहाङ चेम्जोङ र सुजन चेम्जोङले संयुक्त रूपमा प्राप्त गरेका छन्।

प्रतियोगिताको समापन कार्यक्रम कुम्मायक गाउँपालिका–५ का वडा अध्यक्ष निर्मलराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्का प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

स्थानीय स्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा आपसी सद्भाव र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष निर्मलराज घिमिरेले बताउनुभयो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win