+
+

ऐतिहासिक चतुरे मेला–२०८३ भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ–३ आरुबोटेलाई

149 पटक हेरिएको
Clock २०८३ कार्तिक २४, सोमबार २०:१२
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको कुम्मायक गाउँपालिकामा ऐतिहासिक चतुरे मेला–२०८३ कार्तिक २१ देखि २३ गतेसम्म विविध सांस्कृतिक र खेलकुद कार्यक्रमसहित सम्पन्न भएको छ।
२. मेलामा आयोजित पुरुष नकआउट भलिबल प्रतियोगितामा मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेले उपाधि जित्दै नगद रु. ५० हजार १५५ प्राप्त गरेको छ।
३. उक्त प्रतियोगितामा आयोजक रानीगाउँ युवा क्लबले उपविजेता बन्दै नगद रु. ३० हजार १३५ प्राप्त गरेको छ।

मनोज थापा | पाँचथर

पाँचथरको कुम्मायक गाउँपालिका–४, साविक रानीगाउँ गाविस–६ स्थित पिङडाँडामा परम्परागत रूपमा लाग्दै आएको ऐतिहासिक चतुरे मेला–२०८३ सम्पन्न भएको छ। बलिहाङ तङ्नाम ५०८८ तथा शुभ दीपावली २०८३ को अवसरमा कार्तिक २१ देखि २३ गतेसम्म सञ्चालन भएको मेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

अनुशासन, पर्यटन प्रवर्द्धन र सामाजिक सद्भावसहित स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ रानीगाउँ युवा क्लब तथा मेला व्यवस्थापन समितिको आयोजनामा सञ्चालित मेलाको मुख्य आकर्षण साविक गाविसस्तरीय पुरुष नकआउट भलिबल प्रतियोगिता रहेको थियो।

प्रतियोगितामा मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेले उपाधि जित्दै नगद रु. ५० हजार १५५ प्राप्त गरेको छ भने आयोजक रानीगाउँ युवा क्लब, कुम्मायक उपविजेता बन्दै नगद रु. ३० हजार १३५ प्राप्त गरेको छ।

प्रतियोगितामा कुम्मायक, फाल्गुनन्द, मिक्लाजुङ, याङवरक र हिलिहाङ गाउँपालिका लगायत पाँचथरका विभिन्न स्थानका टिमहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावती प्रमुख अतिथि तथा वडा नं. ४ का वडाध्यक्ष फगेन्द्र कुमार सम्बाहाम्फे विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रमको अध्यक्षता रानीगाउँ युवा क्लबका अध्यक्ष खगेन्द्र (रिजवन) सम्बाहाम्फेले गर्नुभएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win