0 प्रतिक्रिया
वासाँगुमा ऐतिहासिक द्वितीय मेला जारी, आज भलिबलको सेमिफाइनल र बृहत् सांगीतिक साँझ हुँदै
AI सारांश
Fast AI१. पाँचथरको फाल्गुनन्द गाउँपालिकामा कात्तिक २५ गतेदेखि २८ गतेसम्म त्रिवेणी युवा क्लब नेपालको आयोजनामा ऐतिहासिक द्वितीय मेला–२०८३ सञ्चालनमा रहेको छ।
२. मेलामा विभिन्न खेलकुद प्रतियोगिताका साथै पालाम, केलाङ नाच र बृहत् सांगीतिक साँझजस्ता मौलिक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिँदैछन्।
३. स्थानीय खेलकुदको विकास, मौलिक कला-संस्कृतिको संरक्षण र ऐतिहासिक पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले यो मेला आयोजना गरिएको हो।
मनोज थापा
पाँचथर-पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ र ७ को संगमस्थल वासाँगु बजारमा ऐतिहासिक द्वितीय मेला–२०८३ जारी रहेको छ। बलिहाङ तङ्नाम (शुभ दीपावली) को अवसरमा त्रिवेणी युवा क्लब नेपालको आयोजनामा कात्तिक २५ गतेदेखि सुरु भएको मेला २८ गतेसम्म सञ्चालन हुनेछ।

कात्तिक २५ गते प्रतिनिधिसभा सदस्य नरेन्द्र कुमार केरुङले उद्घाटन गर्नुभएको मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका छन्। मेलाअन्तर्गत कात्तिक २६ गते संविधानसभा सदस्य तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं पाँचथर जिल्ला इन्चार्ज अइन्द्रसुन्दर नेम्वाङले खुला नकआउट पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो।

स्वर्गीय भक्ति प्रसाद कुरुम्बाङ र स्वर्गीय ऐमति सम्बाहाम्फे कुरुम्बाङको स्मृतिमा आयोजित भलिबल प्रतियोगितामा आयोजकसहित पाँच टोलीको सहभागिता रहेको छ। प्रतियोगिताअन्तर्गत आज सेमिफाइनलका खेल हुँदैछन्। पहिलो सेमिफाइनलमा सिर्जनशील युवा क्लब, कुम्मायक–२, माङ्जाबुङ र फाक्तेप युथ क्लब, फाल्गुनन्दबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो सेमिफाइनलमा कुम्मायक गाउँपालिका र फालेलुङ गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ। सेमिफाइनलका विजेताबीच कात्तिक २८ गते बिहान ११ः३० बजे फाइनल खेल हुने आयोजकले जनाएको छ।

मेलाको दोस्रो दिन कात्तिक २६ गते पालाम, हाक्पारे, धाननाच, तामाङ सेलोलगायतका मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए। आज कात्तिक २७ गते केलाङ नाच प्रदर्शनसँगै साँझ ‘प्रगतिशील समाजको कामना, परिवर्तन हाम्रो चाहना’ भन्ने मूल नारासहित द्वितीय मेला–पाँचौँ बृहत् सांगीतिक साँझ आयोजना हुँदैछ।

सांगीतिक साँझमा गायक दीपक लिम्बू, सुजन आङ्देम्बे तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। साथै विभिन्न जातजातिका मौलिक सांस्कृतिक नृत्य लगायतका प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाउने छ।

कात्तिक २८ गते भलिबल प्रतियोगिताको फाइनल खेलसँगै औपचारिक कार्यक्रम गरी मेला समापन गरिने आयोजक त्रिवेणी युवा क्लब नेपालले जनाएको छ।
स्थानीय खेलकुदको विकास, मौलिक कला तथा संस्कृतिको संरक्षण र ऐतिहासिक पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित मेलाको प्रवर्द्धक फाल्गुनन्द गाउँपालिकाको कार्यालय तथा वडा नं. ६ र ७ का वडा कार्यालय रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






