+
+

सडकको पहुँच बढ्दा राँकेमा घट्यो स्थानीय उत्पादनको ब्यापार

112 पटक हेरिएको
Clock २०८३ मंसिर ३, बुधबार ०८:०६
-- Sponsored --

AI सारांश

Fast AI

१. तमोर कोरिडोर सडकको पहुँच विस्तारका कारण मेची राजमार्गमा यात्रुको सङ्ख्या घटेपछि राँके बजारमा स्थानीय उत्पादनको ब्यापार ६० प्रतिशतले गिरावटमा आएको छ।
२. पाथीभरा तीर्थयात्रुको सङ्ख्यामा कमी आउनु र महङ्गीको प्रभावले पनि मेची राजमार्गका बजारहरूमा हुने कारोबारमा उल्लेखनीय गिरावट देखिएको छ।
३. सडकमा यात्रुको कमी भए पनि राँके बजारबाट उत्पादित सामग्रीहरू तराई, काठमाडौं र भारतका बजारमा निरन्तर पठाइँदै गएका छन्।

रवीन्द्र काफ्ले

पाँचथर, २ मङ्सिर । सडकको पहुँच विस्तार भएसँगै पाँचथर–इलाम सीमावर्ती राँके बजारमा स्थानीय उत्पादनको ब्यापार घटेको छ।

मेची राजमार्गमा अवस्थित यस बजारका अधिकांश उपभोक्ता सवारी साधनमा यात्रा गर्ने यात्रुहरु रहने गरेका छन । तर सडकको पहुँच विस्तार भएसँगै मेची राजमार्गमा यात्रा गर्ने यात्रुको सङ्ख्या कम हुँदा यहाँको ब्यापारमा गिरावट आएको हो । आसपासका गाउँहरुमा उत्पादन हुने अकबरे खुर्सानी लगायत सामग्रीको विक्री हुने मुख्य स्थान राँके बजार रहेको छ । सडकको दाँयाबाँया आकर्षक सजावटमा राखिने अकबरे खुर्सानीको अचार लगायतका स्थानीय उत्पादन यात्रुको आकर्षण बन्ने गरेका छन । 

  राँके बजारका ब्यवसायी सुमन पौडेलका अनुसार तमोर कोरिडोर सडकबाट धेरै यात्रुले यात्रा गर्न थालेपछि राँके बजारमा ग्राहक ह्वात्तै घटेका छन । उक्त सडकको पहुँचले झापाभन्दा पश्चिमका यात्रु असाध्यै कम मात्रै मेची राजमार्ग हुँदै यात्रा गर्ने गरेका छन । तीन वर्षदेखि ग्राहकको सङ्ख्या लगातार घटिरहेको पौडेलले वताउनुभयो । “दमकभन्दा पश्चिमका यात्रु प्रायः तमोर कोरिडोरबाट यात्रा गर्दा यहाँ ग्राहकको सङ्ख्या घट्दै गएको हुन”, पौडेलले भन्नुभयो, “विगतमा भन्दा ब्यापार ६० प्रतिशतले कम भएको छ ।” 

विशेषतः ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको दर्शनका लागि नेपालका अधिकांश जिल्लाहरु तथा भारतका विभिन्न प्रदेशबाट लाखौंको सङ्ख्यामा दर्शनार्थीहरु आउने गर्दछन । राँकेमा राखिएका स्थानीय उत्पादनका विभिन्न सामग्रीहरु तीर्थयात्रीका लागि आकर्षण बन्ने गरेका छन । तर तमोर कोरिडोरको पहुँचले यात्रुहरु धरानबाट धनकुटाको भेडेटार हुँदै तमोरको किनारैकिनार ताप्लेजुङ पुग्न थालेका छन ।

राँके बजारका अर्का ब्यवसायी निशा श्रेष्ठले पनि ब्यापारमा धेरै गिरावट आएको वताउनुभयो। “हेर्दा आकर्षक देखिएपनि सडकमा यात्रुको सङ्ख्या घटेसँगै ब्यापार पनि घट्दै गएको छ”, श्रेष्ठले भन्नुभयो, “कोरोना भाइरसको महामारीपछि विगतमा जस्तो ब्यापार हुन सकेको छैन।”

राँके बजार ब्यवस्थापन समितिका अध्यक्ष श्री बिष्टले महङ्गी, सडकको पहुँच लगायतका कारण राँके सहित मेची राजमार्गमा अवस्थित बजारहरुमा हुने कारोबारमा गिरावट आएको वताउनुभयो। “फिदिमदेखि चारआलीसम्मका बजारका मुख्य उपभोक्ता पाथीभराका तीर्थयात्रु हुन। यसपालि दशैंमा तीर्थयात्रुको सङ्ख्या कम भएका कारण पनि ब्यापार घटेको हो”, बिष्टले भन्नुभयो, “सडकको पहुँचले यात्रुको सङ्ख्या घटेको छ भने महङ्गीको मार पनि बजारमा परेको छ।” राजमार्गका यात्रुमा आधारित ब्यापार घटेपनि स्थानीय उत्पादनहरु तराई, काठमाण्डौं तथा भारतका बजारमा पुग्ने गरेको बिष्टले वताउनुभयो। 

राँके बजारमा पाँचथरको फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिकाका केही वडा, इलामको देउमाइ नगरपालिका र फाकफोकथुम गाउँपालिकाका कृषकहरुले उत्पादन गरेका सामग्री विक्रीका लागि राख्ने गरिन्छ। 

यहाँ अकबरे खुर्सानी तथा यसको अचार, सागपात, इस्कुस, जरा, मटरकोसा, सिमी, मुला, गाँजर, काउली, बन्दा, चुच्चे करेला, निगुरोका विभिन्न प्रजाति, मुन्टा लगायत सागशब्जी, ललीपप, छुर्पी, घिउ लगायत दूग्धजन्य पदार्थहरु, चिया, चिमफिङ, टिम्बुर, खनक्पा लगायत जडिबुटी र जडिबुटीजन्य सामग्री, मौसमअनुसार अम्बक, किवी, सुन्तला, आरु बखडा, नस्पाती लगायत फलफूल, तरुल, बन तरुल, बान्टे, कटुस, चुकन्दर, सखरखण्ड, सिमलतरुल लगायत फलफूल विक्रीका लागि राख्ने गरिएको छ। 

आसपासका क्षेत्रमा उत्पादन हुने विभिन्न प्रजातिका आलुको विक्रीका लागि समेत राँके प्रख्यात छ। राँकेबाट रबि–भेडेटार हुँदै धरान पुग्ने सवारी साधन, फिदिम हुँदै ताप्लेजुङ पुग्ने सवारीसाधन र इलाम हुँदै झापा पुग्ने सवारी साधन छुट्ने गरेकोले यो पूर्वी पहाडको संगमस्थलका रुपमा समेत विकास हुँदै गएको छ। पाँचथर–इलाम सीमा क्षेत्रमा रहेको राँके बजारको धेरै भाग भने पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पर्दछ। यो बजार फिदिम बजारबाट ३३ किलोमिटर तथा इलाम बजारबाट ३५ किलोमिटरको दूरीमा अवस्थित छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win