+
+

परम्परागत संस्कृति चलाउने परम्परागत १३३ वटा खलः पुचलाई महानगरले दियो आर्थिक अनुदान

186 पटक हेरिएको
Clock २०८१ जेष्ठ ३, बिहीबार ०५:५३
-- Sponsored --

AI सारांश

Fast AI

निम्नलिखित ३ बुँदामा यस समाचारको सारांश दिएको छ:

१. काठमाडौँ महानगरपालिकाले परम्परागत सांस्कृतिक क्रियाकलाप सञ्चालन गरेर महानगरपालिकाभित्रका अमूर्त सम्पदा संरक्षणमा योगदान गर्ने १३३ वटा समूहलाई आर्थिक अनुदान प्रदान गरेको छ ।

२. यस अनुदान मार्फत गुँला बाजं संरक्षण तथा व्यवस्थापन संघ, ज्यापू महागुथि, नेपाल खड्गी सेवा समिति जस्ता समूहहरूलाई आर्थिक समर्थन प्रदान गरिएको छ ।

३. कार्यक्रममा महानगरपालिकाले निजी घर निर्माण गर्ने झोछेँ निवासी उत्तमकुमार शाही र वडा नं. २७ भोटाहिटी दवु बहाका प्रमिला देवी बज्राचार्यलाई पनि प्रोत्साहन रकम प्रदान गरेको छ । साथै महानगर दिवस समारोहमा सहयोग गर्ने कलाकारहरूलाई कदर पत्र प्रदान गरिएको छ ।

काठमाडौँ । परम्परागत सांस्कृतिक क्रियाकलाप सञ्चालन गरेर महानगरपालिकाभित्रका अमूर्त सम्पदा संरक्षणमा योगदान गर्ने गुथि, खलः पुच गरेर १३३ वटा समूहलाई काठमाडौँ महानगरपालिकाले आर्थिक अनुदान प्रदान गरेको छ ।

राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा हरेक समूहलाई २ लाख रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको हो । यसरी सहयोग प्राप्त गर्नेहरुमा गुँला बाजं संरक्षण तथा व्यवस्थापन संघमा आवद्ध २३ वटा धा बाजाका गुथि खल, ज्यापू महागुथिमा आवद्ध ६३ वटा टोल, नेपाल खड्गी सेवा समितिमा आवद्ध ४७ टोल रहेका छन् ।

कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अनुदान रकमको चेक प्रदान गरेकी थिइन् ।  यस्तै १० जना बाजा गुरुहरुलाई जनही ३० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।

निजी घरलाई मौलिक स्वरुपमा निर्माण प्रोत्साहन गर्न ‘घ’ वर्गको भवन निर्माण गर्ने झोछेँ निवासी उत्तमकुमार शाहीलाई १० लाख रुपैयाँ र ‘ग’ वर्गको निजी भवन निर्माण गर्न प्रोत्साहनका लागि वडा नं. २७ भोटाहिटी दवु बहाका प्रमिला देवी बज्राचार्य र लुज बज्राचार्यलाई १६ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।

२९ औँ महानगर दिवस २०८० को मूल समारोहमा झाँकी प्रदर्शनमा प्रथम स्थान हासिल गर्ने वडा नं. ५, दोस्रो स्थान हासिल गर्ने नेपाल खड्गी सेवा समिति र तेस्रो स्थान हासिल गर्ने २ वटा वडालाई नगदसहित सम्मान गरियो । सम्मानित हुनेहरुलाई क्रमशः १ लाख रुपैयाँ, ७५ हजार रुपैयाँ र २५-२५ रुपैयाँ नगद प्रदान गरिएको छ ।

महानगर दिवस समारोह सञ्चालन गर्न सहयोग गर्ने कलाकार निशा देशार, रोजमान महर्जन, निभा डंगोल, कुटुम्ब व्याण्डसहितका कलाकारहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, समुदायलाई आर्थिक अनुदान प्रदान गरेको नभइ अमूर्त सम्पदाको संरक्षणका लागि सहकार्य गरिएको बताइन् । ‘स्थानीयको आवश्यकतालाई स्थानीय सरकारले नजिकबाट हेर्न सक्छ । यस्ता विषयमध्ये पनि संस्कृति र सम्पदा संरक्षण प्रवर्धन गर्ने विषय हामीले नजिकबाट हेर्ने क्षेत्र हुन् । नीति, योजना तथा कार्यक्रमका प्राथमिक विषय हुन् ।’ उनले भनिन्, ‘अमूर्त सम्पदाभित्र बादन, गायन, श्रृङ्गार, नृत्य जस्ता पक्ष मेरुदण्ड हुन् । यस्ता क्षेत्र जोगाउने हाम्रो दायित्वमा समुदायसँग सहकार्य गर्न चाहन्छौँ ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, नेवार समुदायले धानेर पुस्तान्तरण गर्दै ल्याएको परम्पराको प्रशंसा गर्दै चलेका संस्कारमा हराएका पक्ष खोज्दै जान सहकार्य गर्नुपर्ने बताए ।

संस्कृति राज्य सञ्चालनको अभिन्न अङ्ग हो । कार्यक्रममा प्रवक्ता नविन मानन्धरले भने, ‘अहिलेसम्म बचेको संस्कारलाई घट्न नदिन महानगरपालिका सचेत छ । समुदायसँगको सहकार्यबाट सम्पदा संरक्षणमा दिगो नतिजा ल्याउन सकिन्छ ।’

सम्पदाको संरक्षणमा महानगरपालिकाको लगानी बढ्दै जानेछ । आगामी योजना सुनाउँदै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, स्थानीयको ज्ञान र सिपमा महानगरपालिकाबाट स्रोत मिसाएर सहकार्य अगाडि बढाउनु पर्छ । त्यस क्रममा बोल्दै समितिका सदस्य एव. वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, संस्कृति मेटिए, पहिचान पनि मेटिने बताउँदै यसलार्य जोगाउन सरकार र समुदायको संयुक्त सहभागिताको खाँचो देखाए ।

कार्यक्रममा समुदायकातर्फबाट धारणा राख्दै, ज्यापू महागुथिका अध्यक्ष पञ्चनारायण महर्जन, गुंला बाजं व्यवस्थापन व संरक्षण समितिका अध्यक्ष अमिरमान शाक्य र नेपाल खड्गी सेवा समितिकी अध्यक्ष अञ्जिता खड्गीले महानगरपालिकाले उपलब्ध गराएको सहयोग अमूर्त सम्पदा जोगाउन, परम्परागत बादन, गायन, श्रृङ्गार र जात्रा पर्वको प्रवर्धनमा खर्च हुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win