+
+

तालिवानको आक्रामणमा परी १६ पाकिस्तानी सैनिकले गुमाए ज्यान

70 पटक हेरिएको
Clock २०८१ पुष ७, आईतवार १४:५२
-- Sponsored --

AI सारांश

Fast AI

१. पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको सेनाको चौकीमा आतङ्ककारीहरूले आक्रमण गर्दा १६ पाकिस्तानी सैनिक मारिएका हुन्।
२. घटनामा परी थप ५ सैनिक गम्भिर घाइते भएका छन् भने आतंककारीहरूले सेनाको चौकीमा आगो लगाएर धेरै सामग्रीहरू नष्ट गरेका थिए।
३. यस घटनाको जिम्मा तेहरिक ए तालिबान पाकिस्तानले लिएको छ, जसले सैन्य पोस्टमा आक्रमणलाई आफ्ना वरिष्ठ कमाण्डरहरूको शहीदको बदलाको रूपमा वर्णन गरेको छ।

इस्लामवाद, ७ पुस । पाकिस्तानमा एक आतंकबादी हमलामा १६ सैनिकको मृत्यु भएको छ। 

पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको सेनाको चौकीमा शनिबार आतङ्ककारीहरूले आक्रमणमा परी १६ पाकिस्तानी सैनिक मारिएका हुन ।

सो हमलामा परी थप ५ सैनिक गम्भिर घाइते भएका छन् । घटना अफगानिस्तान सीमाबाट ४० किलोमिटर टाढा माकिनमा भएको हो ।

पाकिस्तानी सेनाका एक अधिकारीका अनुसार ३० भन्दा बढी आतंककारीले सेनाको चौकीमा करिब २ घण्टा हमला गरेका थिए । सो क्रममा आतंककारीहरूले पोस्टमा रहेको ताररहित उपकरण र कागजातहरू सहित धेरै चीजहरूमा आगो लगाएका थिए भने यसपछि सबैजना घटनास्थलबाट भागेका थिए ।

आक्रमणपछि उक्त क्षेत्रको घेराबन्दी सुरु गरिएको छ । घटनास्थल नजिकै आतंकवादीहरुको खोजी भइरहेको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन । यस घटनाको जिम्मा तेहरिक ए तालिबान पाकिस्तान अर्थात टीटीपीले लिएको छ ।

आतंकवादीहरूले सैन्य पोस्टमा आक्रमणलाई आफ्ना वरिष्ठ कमाण्डरहरूको शहीदको बदलाको रूपमा वर्णन गरेका छन । समाचार अनुसार आक्रमणको क्रममा आतंककारीहरूले मेसिन गन, नाइट भिजन टेक्नोलोजीलगायत धेरै महत्त्वपूर्ण सैन्य उपकरणहरू लुटेर लगेका छन।

गत डिसेम्बर १८ मा पाकिस्तानी सेनाले पाकिस्तानको खैबर पख्तुनख्वामा तीन अलग अलग अपरेशनहरू गरेको थियो, जसमा उसले ११ आतंकवादी मारेको दाबी गरेको थियो। भनिन्छ, त्यसकै बदलामा पाकिस्तानी तालिवान समुहले सो आक्रामण गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win