0 प्रतिक्रिया
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
AI सारांश
Fast AIयस नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:
* पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ ।
* राजस्थानले दिएको १४५ रनको लक्ष्य पञ्जावले १८.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
* पञ्जावको यस सिजनमा यो पाँचौं जित हो भने राजस्थानले आफ्ना पछिल्ला चार खेलमा लगातार हार बेहोरेको छ ।
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा पञ्जावले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको लक्ष्य पछाएको पञ्जावले १८.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो ।
पञ्जावको यस सिजनमा यो पाँचौं जित हो । १३ खेलमा १० अंक रहेको पञ्जाव प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।
त्यस्तै राजस्थान रोयल्सको भने यो पाँचौ हार हो । राजस्थानले आफ्ना पछिल्ला चार खेलमा लगातार हार बेहोरेको छ । राजस्थानको १३ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । राजस्थान यसअघि नै प्लेअफमा भने छनौट भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











