0 प्रतिक्रिया
जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित
AI सारांश
Fast AIयो नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश यस प्रकार छ:
* युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो सबै विदेश भ्रमण स्थगित गरेका छन्, रुसले पूर्वी युक्रेनमा आफ्नो आक्रमण बढाएपछि।
* रूसी सेनाले युक्रेनको उत्तरी सीमामा आक्रमण गरेको छ, जसको कारण अझै स्पष्ट भइसकेको छैन, तर रुसले युक्रेनको रुसमाथिको आक्रमणलाई नियन्त्रण गर्नका लागि बफर जोन बनाउन चाहेको अनुमान गरिएको छ।
* युक्रेनी सेना प्रमुख ओलेक्सान्डर सिर्स्कीले उत्तरी सीमामा रहेको खार्किभको अवस्था तीव्र गतिमा बिग्रँदै गएको बताएका छन्, र युक्रेनी गाउँहरू कब्जामा लिएर रुसका रक्षामन्त्रीले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले नौवटा गाउँ मुक्त गरेको बताए।
काठमाडौँ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो सबै विदेश भ्रमण स्थगित गरेका छन् । रुसले पूर्वी युक्रेनमा आफ्नो आक्रमण बढाएपछि राष्ट्रपति जेलेन्स्कीले आफ्नो विदेश भ्रमण रद्ध गरेका हुन् ।
युक्रेनको सेना जीवन बचाउन र क्षतिबाट पूर्वी क्षेत्र बच्न लुक्यान्सी र भोभचान्स्कबाट फिर्ता भएका छन् । रूसी सीमाबाट मात्र ५ किलोमिटर र खार्किव शहरबाट ५० किलोमिटर टाढा रहेको शहरमा रुसले आक्रमण बढाएको छ ।
युक्रेनी-रूसी सेनाले भोभचान्स्कको सडकमा लडाइँ गरेका थिए । शहरको गस्ती प्रहरी प्रमुख ओलेक्सी खार्किभ्स्कीले रुसी सेनाले सहरमा अवरोध गरिरहेको बताएइएको छ ।
रुसले शुक्रबार युक्रेनको उत्तरी सीमामा आक्रमण गरेको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि जवाफी आक्रमणको कुरा गरेका छन् । युक्रेनको उत्तरी सिमानामा रुसले आक्रमण गर्नुको कारण अझै स्पष्ट भइसकेको छैन तर रुसले युक्रेनको रुसमाथिको आक्रमणलाई नियन्त्रण गर्नका लागि बफर जोन बनाउन चाहेको अनुमान गरिएको छ ।
युक्रेनी गाउँहरू कब्जामा लिएर रुसका रक्षामन्त्रीले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले नौवटा गाउँ मुक्त गरेको बताए। युक्रेनी सेना प्रमुख ओलेक्सान्डर सिर्स्कीले उत्तरी सीमामा रहेको खार्किभको अवस्था तीव्र गतिमा बिग्रँदै गएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











