0 प्रतिक्रिया
सिङ्गापुर एयरलाइन्स टर्ब्युलेन्स: २० जनाको मेरुदण्डमा गम्भीर चोट
AI सारांश
Fast AIसिङ्गापुर एयरलाइन्सको विमानमा गम्भिर टर्ब्युलेन्सका कारण २० जनाको मेरुदण्डमा चोट लागेको छ । बैंककको एक अस्पतालका प्रमुखले ती व्यक्तिहरु सघन उपचार कक्षमा रहेको बताएका छन् । लण्डनबाट उडेको यो विमानले गत मंगलबार थाइल्याण्डमा आपतकालीन अवतरण गरेको थियो ।
बैंककको अस्पतालमा भर्ना भएका मध्ये एक दुई वर्षीय बालक पनि छन् । जम्मा ४६ यात्रु र दुई जना चालक दलका सदस्यका अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले जनाएको छ ।
मेरुदण्डमा चोट लागेका २० जना छन् भने ६ जनाको अवस्था गम्भीर रहेको छ । सिंगापुर एयरलाइन्सको विमान एसक्यू ३२१ लन्डनबाट सिंगापुरको लागि मंगलबार गम्भीर टर्ब्युलेन्समा परेको थियो । यस घटनामा ७३ वर्षीय ब्रिटिश नागरिक जियोफ किचेनको मृत्यु भएको थियो ।
काठमाडौँ । सिङ्गापुर एयरलाइन्सको विमानमा गम्भिर टर्ब्युलेन्सका कारण २० जनाको मेरुदण्डमा चोट लागेको छ ।
बैंककको एक अस्पतालका प्रमुखले ती व्यक्तिहरु सघन उपचार कक्षमा रहेको बताएका छन् । बैंककको अस्पतालमा भर्ना भएका मध्ये एक दुई वर्षीय बालक पनि छन् ।
लण्डनबाट उडेको यो विमानले गत मंगलबार थाइल्याण्डमा आपतकालीन अवतरण गरेको थियो । जम्मा ४६ यात्रु र दुई जना चालक दलका सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले जनाएको छ । विमानमा सवार यात्रुहरूले विमान अचानक तल झर्यो र सिट बेल्ट नलगाएका मानिसहरू छतमा ठोक्किएका थिए ।
मेरुदण्डमा चोट लागेका २० जना छन् भने ६ जनाको अवस्था गम्भीर रहेको छ ।
सिंगापुर एयरलाइन्सको विमान एसक्यू ३२१ लन्डनबाट सिंगापुरको लागि मंगलबार गम्भीर टर्ब्युलेन्समा परेको थियो । यस घटनामा ७३ वर्षीय ब्रिटिश नागरिक जियोफ किचेनको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











