0 प्रतिक्रिया
ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या
AI सारांश
Fast AI१. देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ, जसकारण करिब ८० लाख भन्दा बढी इन्टरनेटका ग्राहक प्रभावित भएका छन्।
२. इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले भारतीय कम्पनीहरुलाई ब्याण्डविथ वापतको रकम नतिरेपछि इन्टरनेटको व्याण्डविथ काटिएको बताइएको छ।
३. सरकारले इन्टरनेट सेवा प्रदायकले सरकारलाई तिर्नुपर्ने रियल्टीलगायतका शुल्क नतिरेको भन्दै विदेशी मुद्रा सटहीको सिफारिस गर्न मानिरहेको छैन।
काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । बिहीबार करिब ४ बजेदेखि वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो ।
उनीहरुले भारतीय कम्पनि एयरटेल, टाटा लगायतका कम्पनिलाई ब्याण्डविथ वापतको करिब ३ अर्ब रकम नतिरेपछि इन्टरनेटको व्याण्डविथ काटिएको बताइएको छ । यसबाट नेपालका करिब ८० लाख भन्दा बढी इन्टरनेटका ग्राहक प्रभावित भएका छन् ।
इन्टरनेट सेवा प्रदायकहरुले केहि दिनअघि पत्रकार सम्मेलन गरेर नै सरकारले भुक्तानीका लागि विदेशी मुद्रा सटहीको सिफारिस नगरेकोले भुक्तानीमा समस्या भएको बताएको थियो ।
अर्कोतर्फ सरकारले भने इन्टरनेट सेवा प्रदायकले सरकारलाई तिर्नुपर्ने रियल्टीलगायतका शुल्क नतिरेको भन्दै विदेशी मुद्रा सटहीको सिफारिस गर्न मानिरहेको छैन ।
उत्पन्न समस्या हालसम्म पनि समाधान हुन सकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









