0 प्रतिक्रिया
अध्यक्ष कपको उपाधि संजिवनी फुटबल क्लव धनकुटालाई
AI सारांश
Fast AIनेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश यस प्रकार छ:
* पाँचथरको तुम्बेवा गाउँपालिकामा सम्पन्न भएको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि संजिवनी फुटबल क्लब धनकुटाले जित्यो।
* फाइनल खेलमा आयोजक तुम्बेवा गाउँपालिकालाई २-१ को अन्तरले पराजित गर्दै धनकुटाले उपाधि जित्यो, र उपबिजेता तुम्बेवा गाउँपालिकाले दोस्रो स्थान प्राप्त गर्यो।
* प्रतियोगितामा विभिन्न पुरस्कार विजेता घोषित हुए, जसमध्ये म्यान अफ द म्याच इनसान राई, उत्कृष्ट गोलरक्षक अशोक राई, सर्वाधिक गोलकर्ता विनोद राई, र बेष्ट डिफेन्डर सुर्य तेयुङ शामिल छन्।
रमेश थापा
पाँचथर: पाँचथरको तुम्बेवा गाउँपालिकामा सम्पन्न भएकोे दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि संजिवनी फुटबल क्लव धनकुटाले उचालेको छ। मौवा बजारको इन्द्रेणी मा.वि.को खेलमैदानमा भएको फाइनल खेलमा आयोजक तुम्बेवा गाउँपालिकालाई २–१ को अन्तरले हराउदै धनकुटाले उपाधि उचालेको हो।
उपाधिसंगै धनकुटाले नगद २ लाख २ हजार २२२ रुपैँया ट्रफि, मेडल र प्रमाण पत्र हात पा¥यो। भने उपबिजेतामा चित्त बुझाएको आयोजक तुम्बेवा गाउँपालिकाले नगद १ लाख १ हजार १११ रुपैँया र ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको थियो। प्रतियोगिताको पहिलो र दोस्रो पुरस्कार तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्का र उपाध्यक्ष खड्ग सुन्दर सम्बाहाम्फेले हस्तान्त्रण गरेका थिए।
खेलको ३० औं मिनेटमा संजिवनी फुटबल क्लव धनकुटाका बिनोद राइले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। दबवामा परेको आयोजकको तर्फबाट खेलको ३४ मिनेटमा पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै रोशन आङदेम्बेले गोल गर्दै खेललाई बरावरीमा रोकेका थिए। दोस्रो हापको ६३ औं मिनेटमा धनकुटाका एनसन राइले निर्णायक गोल गर्दै उपाधि दिलाए। आयोजकको तर्फबाट खेलमा फर्कन गरेका केही प्रयास असफल हुदा उपविजेतामा चिक्त बुझायो।
खेलको म्यान अफ द म्याच धनकुटाका इनसान राई घोषित हुदै नगद पाँच हजार र ट्र«फि हात पारे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक धनकुटाका अशोक राई, सर्वाधिक गोलकर्ता विनोद राई, बेष्ट डिफेन्डर सुर्य तेयुङ, घोषित भए । त्यस्तै आयोजकको तर्फबाट सर्वोत्कृष्ट खेलाडी सोम लावती, बेष्ट फरर्वड राजेश थापा, उदयमान खेलाडी रुपेश राई घोषित हुदै नगद ट्रफि हात पारे ।
जेष्ठ ५ गतेदेखि संचालन भएको प्रतियोगिताको फाइनल खेलको प्रमुख अथिति शारदा नगरपालिका सल्यानका प्रमुख प्रकाश भण्डारी र विशिष्ट अथितिको रुपमा तार्केश्वर नगरपालिका काठमाडौंका प्रमुख कृष्णहरी महर्जनको सहभागीता रहेको थियो । प्रतियोगितामा पाँचथर र धनकुटा सहितका १६ टीमको सहभागिता रहेको आयोजक तुम्बेवा गाउँपालिकाले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









