0 प्रतिक्रिया
पुन: मतगणना रोक्न माग गर्दै व्यास नगरमा मेयरले दायर गरे सर्वोच्चमा रिट
AI सारांश
Fast AI१. तनहुँको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले व्यासको पुन: मतगणना रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
२. उच्च अदालत पोखराले व्यास नगरपालिकाको पुन:मतगणना गर्न आदेश दिएको थियो, जसको विरुद्ध न्यौपानेले सर्वोच्चमा रिट हालेका हुन्।
३. न्यौपानेविरुद्ध स्वतन्त्र उम्मेदवार दिपक जोशीले पुन: मतगणना गर्न माग गरेर उच्च अदालतमा रिट हालेका थिए, जसको फलस्वरूप उच्च अदालतले पुन: मतगणना गर्न आदेश दिएको थियो।
काठमाडौं । तनहुँको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुगेका छन् ।
उनले व्यासको पुन: मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनको रिटको पेसी जेठ २७ गते आइतबार तोकिएको छ।
न्यौपानेले विहिबार उच्च अदालत पोखराको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका हुन् ।
उनले उच्च अदालतले आफूलाई अन्याय गरेको भन्दै न्यायको माग गरेका छन् । कांग्रेसबाट निर्वाचित भएका न्यौपानेविरुद्ध उनीसँगै प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार दिपक जोशीले पुन: मतगणना गर्न माग गरेर उच्च अदालतमा रिट हालेका थिए ।
गत जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकाको पुन:मतगणना गर्न आदेश दिएको थियो । निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको आदेशमा उल्लेख छ । असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै अदालतले नै मिति तोकिदिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









