+
+

सन् २०२५ मा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु : राष्ट्रसङ्घ

3 पटक हेरिएको
Clock २०८३ जेष्ठ ७, बिहीबार १६:५६
-- Sponsored --

AI सारांश

Fast AI

१. सन् २०२५ मा विश्वभरका द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जना सर्वसाधारणको मृत्यु भएको सयुक्त राष्ट्रसङ्घले जनाएको छ।
२. विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारहरूले मानविय जीवन मात्र नभइ पावर ग्रिड, पानी सञ्जाल, विद्यालय र अस्पतालहरू जस्ता अत्यावश्यक संरचना नष्ट गरेको ओसिएइचएका लागि क्राइसिस रेस्पोन्स डिभिजनका निर्देशक एडम वोसोर्नुले सशस्त्र द्वन्द्वमा नागरिकहरूको सुरक्षा विषय सुरक्षा परिषदलाई जानकारी दिँदै बताउनु भएको छ।
३. संयुक्त राष्ट्रसङ्घका अधिकारीहरुले सन् २०२५ मा द्वन्द्वले निम्त्याएको बढ्दो भोकमरी सङ्कटलाई पनि औंल्याउदै, करिब १४ करोड ७० लाख मानिसहरूले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका बताएका छन्।

न्युयोर्क, ७ जेठ (रासस-क्यूएनए) :

सन् २०२५ मा विश्वभरका द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जना सर्वसाधारणको मृत्यु भएको सयुक्त राष्ट्रसङ्घले जनाएको छ। जसमा बालबालिका, तथा आम नागरिकहरू, उनीहरूको घर, कार्यस्थल, विद्यालय, सडक लगायतका क्षेत्रमा सुरक्षाको खोजीमा भाग्ने प्रयास गर्दा मृत्यु बरण गरेको उल्लेख गरिएको छ। विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारहरूले मानविय जीवन मात्र नभइ पावर ग्रिड, पानी सञ्जाल, विद्यालय र अस्पतालहरू जस्ता अत्यावश्यक संरचना नष्ट गरेको ओसिएइचएका लागि क्राइसिस रेस्पोन्स डिभिजनका निर्देशक एडम वोसोर्नुले सशस्त्र द्वन्द्वमा नागरिकहरूको सुरक्षा विषय सुरक्षा परिषदलाई जानकारी दिँदै बताउनु भएको छ।

उहाँले नागरिकहरू द्वन्द्वमा लक्षित नभए पनि द्वन्द्वको प्रत्यक्ष सिकार हुने गरेको बताउनुभएको छ। संयुक्त राष्ट्रसङ्घले गत वर्ष विश्वभरका १८ वटा क्षेत्रमा भएका द्वन्द्वहरूमा चिकित्सा सेवामा एक हजार ३५० भन्दा बढी आक्रमणहरू रेकर्ड गरेको उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसङ्घका अधिकारीहरुले सन् २०२५ मा द्वन्द्वले निम्त्याएको बढ्दो भोकमरी सङ्कटलाई पनि औंल्याउदै, करिब १४ करोड ७० लाख मानिसहरूले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका बताएका छन्।

पछिल्लो समयमा अनिकाल तथा खाद्य असुरक्षाका विभिन्न घटनाहरू पुष्टि भएको उल्लेख गर्दै खानाको अभावका कारण मात्र नभई द्वन्द्वरत पक्षहरूको शत्रुताको कारण मानवीय सहायता वितरणमा अवरोधहरू सिर्जना गर्नाले यस्तो अवस्था आएको बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win