0 प्रतिक्रिया
चेम्जोङको ‘आख्याक्सा नुमा’ म्युजिक भिडियो सार्वजनिक
AI सारांश
Fast AI१. रमेश थापा पाँचथर- गायक तथा मोडल तेजेन्द्र चेम्जोङको ‘आख्याक्सा नुमा’ म्युजिक भिडियो सार्वजनिक भएको छ।
२. लिम्बू भाषाको आख्याक्सा नुमा बोलको म्युजिक भिडियोमा गायक र नायक (मोडल) को भुमिकामा चेम्जोङ देखिएका छन।
३. भिडियोमा लिम्बू समुदायको लोपोन्मुख भाषा, धर्म, कला र सस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले म्युजिक भिडियो सार्वजनिक गरेको चेम्जोङको भनाइ छ।
रमेश थापा
पाँचथर- गायक तथा मोडल तेजेन्द्र चेम्जोङको ‘आख्याक्सा नुमा’ म्युजिक भिडियो सार्वजनिक भएको छ। गाउँपालिकाको केन्द्र यासोक बजारमा छायांकन गरिएको म्युजिक भिडियोमा चेम्जोङको स्वर र अभिनय रहेको छ। लिम्बू भाषाको आख्याक्सा नुमा बोलको म्युजिक भिडियोमा गायक र नायक (मोडल) को भुमिकामा चेम्जोङ देखिएका छन।
भिडियोमा लिम्बू समुदायको लोपोन्मुख भाषा, धर्म, कला र सस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले म्युजिक भिडियो सार्वजनिक गरेको चेम्जोङको भनाइ छ। भिडियोमा गायिका निरन्ता नेम्बाङ, तेजेन्द्र चेम्जोङको स्वर र अभिनय रहेको छ । संगीत संयोजनमा मनोज साङ्सोङ, कोरस सुन्दर चेम्जोङ र रानी चोङ्बाङ रहेका छ्न। किङ स्टुडियो काठमाडौंमा रेकर्ड भएको गीतको निर्देशन हाङ चेम्जोङ र सह–निर्देशन उदय बेघाले गरेका छन। भने छायांकन शीवकुमार राईले गरेका छन।
कुम्मायक गाउँपालिकाको ऐतिहासिक कुम्मायक–कुस्सायक धार्मिक स्थल र त्रिशाली मेलाको भिडियो छायांकन गरिएको छ। गाउँले जनजीवनमा आधारित आख्याक्कसा नुमा (कति सारो राम्री) बोलकोे गीत तेजेन्द्र चेम्जोङको शब्द लयमा म्युजिक भिडियो सार्वजनिक गरिएको छ। उनले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोहरुमा सह–मोडलको अभिनय गरिसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









