+
+

ओमानमाथि इङल्याण्डको शानदार जित

131 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ जेष्ठ ३२, शुक्रबार ०२:५२
-- Sponsored --

काठमाडौँ । इङल्याण्डले जारी टी-२० विश्वकप अन्तर्गत ओमानमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको हो ।

ओमानले दिएको ४८ रनको लक्ष्य पछाएको इङल्याण्डले ३.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको ओमान १३.२ ओभरमा ४७ रनमा अल आउट भएको थियो । ओमानका लागि शोयब खानले ११ रन बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन । इङल्याण्डका बलर आदील रशिदले सर्बाधिक ४ विकेट लिए भने जोफ्रा आर्चर र मार्क वूडले ३-३ विकेट लिएका थिए ।

यो फर्किलो जितले इङल्याण्डको सुपर आठको सम्भावनालाई कायमै राखेको छ । इङल्याण्डको ३ खेलमा ३ अंक भएको छ । समुह बी बाट अस्ट्रेलियाले ३ खेलमा तिनै खेल जितेर ६ अंकसहित सुपर आठमा पुगिसकेको छ भने भने स्कटल्याण्ड ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै इङल्याण्ड ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ ।  यस समुहबाट नामिबिया र ओमान बाहिरिइसकेका छन् ।

अब अस्ट्रेलियाले स्कटल्याण्डसँग जुन १६ मा र इङल्याण्डले नामिबियासँग जुन १५ मा खेल्ने तालिका रहेको छ । अब अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेमा र इङल्याण्डले नामिबियालाई पराजित गरेमा मात्र इङल्याण्ड सुपर आठमा पुग्ने छ ।
             

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win