0 प्रतिक्रिया
वडाका दश विद्यालयमा ग्यास चुलो बितरण
AI सारांश
Fast AI१. यासोक-पाँचथरको कुम्मायक गाउँपालिका–१ नं. वडा कार्यालय यासोकले दश वटा विद्यालयमा ग्यास चुलो बितरण गरेको छ।
२. वडाले दुई मा.वि. र आठ आधारभूत विद्यालय सहित दश वटा सामुदायिक विद्यालयमा ग्यास चुलो बितरण गरेको हो।
३. कुम्मायक गाउँपालिकाले ५ लाख रुपैयाँबाट पाँच माध्यमिक विद्यालय र ३२ आधारभूत विद्यालयमा दिवाखाजा संचालनको लागि भाँडा, कराई, चम्चा र बटुका बितरण गरेको छ।
रमेश थापा
यासोक-पाँचथरको कुम्मायक गाउँपालिका–१ नं. वडा कार्यालय यासोकले दश वटा विद्यालयमा ग्यास चुलो बितरण गरेको छ। वडाले दुई मा.वि. र आठ आधारभूत विद्यालय सहित दश वटा सामुदायिक विद्यालयमा ग्यास चुलो बितरण गरेको हो। विद्यालयका बालबालिकाहरुलाई दिवाखाजा खुवाउन सहज बनाउने उदेश्यले ग्यास चुलो बितरण गरेको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए।
चालु आर्थिक वर्षको १ लाख रुपैयाँबाट विद्यालयमा ग्यास चुलो बितरण गरेको लावतीको भनाइ छ। त्यस्तै कुम्मायक गाउँपालिकाले पनि ३७ वटा सामुदायिक विद्यालयहरुलाई भाडावर्तन बितरण गरेको छ। गाउँपालिकाको ५ लाख रुपैयाँबाट पाँच माध्यमिक विद्यालय र ३२ आधारभूत विद्यालयमा दिवाखाजा संचालनको लागि भाँडा, कराई, चम्चा र बटुका बितरण गरेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









