+
+

वडाले ग¥यो उत्कृष्ठ अंक ल्याउने विद्यार्थी पुरस्कृत, चेम्जोङले पाइन् ५० हजार

367 पटक हेरिएको
Clock २०८१ असार २१, शुक्रबार ०६:३७
-- Sponsored --

रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका–५ नम्बर वडा कार्यालयले उत्कृष्ट अंक ल्याउने विद्याथीहरुलाई पुरस्कृत गरेको छ। वडाले महेन्द्रोदय मा.वि.मा एक कार्यक्रमको आयोजना गरी कक्षा ५, ८ र १० मा ३ जी.पी.ए ल्याएर उर्तिण हुने १५ जना विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको हो। उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम अन्तरगर्त वडाले बिनियोजन गरेको १ लाख २६ हजार रुपैयाँ बाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको वडा कार्यालयले जनाएको छ। वडाले महेन्द्रोदय मा.वि.की छात्रा नुमा चेम्जोङलाई सबै भन्दा बढि नगद ५० हजार रुपैयाँ सहित पुरस्कृत गरेको छ। उनले एस.इ.इ.परिक्षामा ३.१४ जी.पी.ए. ल्याउदै उर्तिण भएकी थिइन।
सोही कार्यक्रममा आधारभूत तह कक्षा ८ उर्तिण गर्ने महेन्द्रोदय मा.वि.की छात्रा दिब्यासरी निरौला, इक्सा र मुना चेम्जोङलाई जनही ६ हजार ६६६ रुपैयाँ सहित पुरस्कृत गरिएको थियो। उनिहरुले क्रमशः ३.४६, ३.२८ र ३.४ जी.पी.ए ल्याउँदै कक्षा ८ उर्तिण गरेका थिए ।
त्यस्तै आधारभूत तह कक्षा ५ बाट ३ जी.पी.ए वा सो भन्दा बढी अंक ल्याएर उर्तिण हुने पाँच विद्यालयका ११ जना छात्रा छात्रलाई सम्मान सहित पुरस्कृत गरिएको छ। उर्तिण हुने विद्यार्थीहरुलाई सम्मान सहित जनही २ हजार १४९ रुपैयाँ प्रदान गरी पुरस्कृत गरिएको थियो । कक्षा ५ बाट सबै भन्दा बढि ३.८४ जी.पी.ए. ल्याउदै महेन्द्रदोय मा.वि.की छात्रा अस्मिता चेम्जोङ उर्तिण भइन।
शैक्षिक गुणस्तर सुधारको क्षेत्रमा वडाले निरन्तर प्रयास गर्दै आएको भन्दै आगामी वर्षमा यो कार्यलाई निरन्तरता दिने वडाअध्यक्ष निर्मलराज घिमिरेले बताए। वडाले बिनियोजन गरेको १ लाख २६ हजार मध्ये अतिरिक्त कृयाकलापमा २६ हजार र उत्कृष्ट अंक ल्याउने विद्यार्थी सम्मान कार्यक्रममा ९४ हजार खर्च भएको घिमिरेको भनाइ छ। यस अघि पनि वडाले पाँच वटा विद्यालयका २६५ जना विद्यार्थीहरुलाई स्कुल पोशाक बितरण गरेको स्मरण गर्दैै उनले भने् विद्यालयको पठनपाठन प्रति स्वयम विद्यार्थी र अभिभावकलाई जोड्न पुरस्कार सहित अन्तरकृयाको गतिविधि अघि बढाएका छौ । यसमा अभिभावकले पनि साथ दिनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win