+
+

बाइडेनको सम्बोधन- देशको सेवा गर्न पाउनु जीवनकै सम्मान

71 पटक हेरिएको
Clock २०८१ श्रावण १०, बिहीबार ०४:५७
-- Sponsored --

AI सारांश

Fast AI

१. अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट आफूलाई फिर्ता लिएपछि पहिलो पटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
२. उनले आफ्नो देशलाई बढी माया गर्छु र राष्ट्रपतिको रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो भनेर बताएका छन् ।
३. बाइडेनले नयाँ पुस्तालाई कमाण्ड सुम्पनु नै अगाडि बढ्ने उत्तम उपाय भएको बताएका छन् ।

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट आफूलाई फिर्ता लिएपछि पहिलो पटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले आफ्नो देशको सेवा गर्न पाउनु जीवनको सम्मान भएको बताएका हुन् ।  उनले भने, ‘म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु । राष्ट्रपतिको रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो ।’

उनले अमेरिका अहिले नाजुक मोडमा रहेको बताउदै हामीले गर्ने निर्णयले देशको भविष्य निर्धारण गर्ने बताएका छन् । उनले भने, ‘हामीले अगाडि बढ्ने वा पछि हट्ने, आशा र घृणा, एकता र विभाजन बीचको छनौट गर्नुपर्छ ।’

आफ्नो कार्यकाल राम्रो भएको भन्दै बाइडेनले भने, ‘मलाई लाग्छ, राष्ट्रपतिको रूपमा मेरो रेकर्ड, विश्वमा मेरो नेतृत्व, अमेरिकाको भविष्यको लागि मेरो दृष्टिकोण सबै दोस्रो कार्यकालको लागि योग्य छ ।’

नयाँ पुस्तालाई कमाण्ड सुम्पनु नै अगाडि बढ्ने उत्तम उपाय भएको उनले बताए । बाइडेनले भने, ‘हाम्रो देशलाई एकताबद्ध गर्ने यो उत्तम तरिका हो। सार्वजनिक जीवनमा लामो वर्षको अनुभवको लागि समय र स्थान हुन्छ । नयाँ आवाजहरूको लागि समय र स्थान हुन्छ, र हो, युवा आवाजहको लागि यो अहिले सहि समय र स्थान हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win