+
+

अफगानिस्तानमा महिलालाई घर बाहिर बोल्न प्रतिबन्ध, सार्वजनिक स्थानमा अनुहार देखाउन नपाइने

92 पटक हेरिएको
Clock २०८१ भाद्र ११, मंगलवार १०:५७
-- Sponsored --

AI सारांश

Fast AI

१. तालिबानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गरेको छ, जसमा घरबाहिर बोल्न प्रतिबन्ध लगाइएको छ र सार्वजनिक स्थानमा बाक्लो कपडाले शरीर र अनुहार छोप्न निर्देशन दिइएको छ।
२. तालिबानले महिलाहरूलाई घरमा ठूलो स्वरमा गीत गाउन र पढ्न पनि प्रतिबन्ध लगाएको छ, र नयाँ कानुन उल्लङ्घन गर्ने महिला वा बालिकालाई कडा सजाय दिइनेछ।
३. तालिबानले पुरुषमाथि पनि केही प्रतिबन्ध लगाएको छ, जसमा घरबाट बाहिर निस्कँदा पुरुषले पनि आफ्नो शरीर घुँडासम्म छोप्नु पर्नेछ।

काठमाडौँ । तालिबानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गरेको छ । कडा निर्देशनमा महिलाहरूलाई घर बाहिर बोल्न प्रतिबन्ध लगाइएको छ । साथै सार्वजनिक स्थानमा सधैं बाक्लो कपडाले शरीर र अनुहार छोप्न निर्देशन दिइएको छ ।

तालिवानका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले नयाँ कानुनलाई अनुमोदन गरेका छन् । यी कानुनलाई हलाल र हराम गरी दुई वर्गमा विभाजन गरिएको छ। तालिवानको यो निर्णयको संयुक्त राष्ट्रसंघले कडा निन्दा गरेको छ । यसका साथै धेरै मानवअधिकार संगठनहरूले पनि यस विषयमा आपत्ति जनाएका छन्।

अङ्ग्रेजी पत्रिका द गार्डियनका अनुसार तालिबानले यी कानुनको कारण दिँदै महिलाको आवाजले पनि पुरुषलाई विचलित पार्न सक्ने बताएको छ । यसबाट बच्न महिलाले सार्वजनिक स्थानमा बोल्नबाट जोगिनुपर्छ । तालिबानले महिलाहरूलाई घरमा ठूलो स्वरमा गीत गाउन र पढ्न पनि प्रतिबन्ध लगाएको छ। नयाँ कानुन उल्लङ्घन गर्ने महिला वा बालिकालाई कडा सजाय दिइनेछ।

यस पटक महिलाबाहेक तालिबानले पुरुषमाथि पनि केही प्रतिबन्ध लगाएको छ । घरबाट बाहिर निस्कँदा पुरुषले पनि आफ्नो शरीर घुँडासम्म छोप्नु पर्नेछ।

यसै वर्षको जुनमा तालिवानले ६३ जनालाई समलिङ्गी सम्बन्धको आरोपमा कोर्रा र कुटपिट गरेको थियो । जसमा १४ जना महिला थिए । समाचार एजेन्सी एपीका अनुसार यी व्यक्तिहरूलाई समलैंगिकता, चोरी र अनैतिक सम्बन्धमा दोषी ठहर गरिएको थियो । तालिबानले समलैंगिकतालाई इस्लाम विरोधी मान्छन्। उनले पहिले मानिसहरूलाई सरे ब्रिज प्रान्तको स्टेडियममा भेला गरे र त्यसपछि उनीहरूलाई कोर्रा लगाएका थिए । तालिबानले मानिसहरूलाई इस्लामको मार्ग अनुसरण गर्न आग्रह गरेको छ । उनले त्यसो नगरे कारबाही गर्ने धम्की पनि दिएका छन् ।

संयुक्त राष्ट्र संघले यो सजायको निन्दा गरेको छ र यसलाई अन्तर्राष्ट्रिय मानवअधिकार नियमविपरीत भनेको छ।

तालिबान सरकारका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले यसै वर्ष मार्चमा महिलाविरुद्धको आदेश जारी गरेका थिए । यो आदेश अनुसार, कुनै पनि महिला व्यभिचार (आफ्नो पति बाहेक अरूसँग यौनसम्बन्ध राखेको) दोषी पाइएमा ढुङ्गाले हानेर मारिने उल्लेख छ ।

एक अडियो सन्देशमा, अखन्दजादाले पश्चिमी देशहरूको लोकतन्त्रलाई चुनौती दिए र इस्लामिक कानून शरियालाई कडाइका साथ लागू गर्न आदेश दिए । उनले भने- ढुङ्गाले हानेर मार्दा महिलाको अधिकार हनन हो भनी तिमी भन्छौ तर छिट्टै यो सजाय व्यभिचारमा लागु हुनेछ । दोषी महिलाहरूलाई सार्वजनिक रूपमा कोर्रा र ढुङ्गाले हिर्काइनेछ ।’

अफगानिस्तान कब्जा गरेपछि तालिबानले देशमा शरिया कानून लागू गर्ने बताएको थियो । वास्तवमा, शरिया इस्लाममा विश्वास गर्ने मानिसहरूको लागि कानुनी प्रणाली जस्तै हो । यो धेरै इस्लामिक देशहरूमा प्रयोग गरिन्छ । तर, पाकिस्तानलगायत अधिकांश इस्लामिक देशहरूमा यसलाई पूर्ण रूपमा लागू गरिएको छैन । 

शरियाले परिवार, वित्त र व्यवसायसँग सम्बन्धित कानूनहरू समावेश गर्दछ। रक्सी पिउनु, लागूपदार्थको प्रयोग वा बेचबिखन शरिया कानून अन्तर्गत प्रमुख अपराधहरू मध्ये एक हो । यही कारणले गर्दा यस्ता अपराधका लागि कडा सजायको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win