0 प्रतिक्रिया
हसिनाविरुद्ध थप दुईसहित अहिलेसम्म ९४ मुद्धा दर्ता
AI सारांश
Fast AIबंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप दुईवटा हत्याको मुद्दा दर्ता भएको छ, जस्ले गर्दा उनीविरुद्ध दर्ता हुने मुद्दाको संख्या ९४ पुगेको छ।
शेख हसिना विरुद्ध अधिकांश मुद्दा विद्यार्थी आन्दोलनका क्रममा मृत्यु भएका हुर्का परिवारले दर्ता गरेका मुद्धा रहेका छन्।
शेख हसिना हाल भारतमा रहेकी छन्, जो देशमा आन्दोलन चर्किएर आफै असुरक्षित बनेपछि राजीनामा दिएर अगस्त ५ मा बंगलादेश छोडेकी थिइन्।
काठमाडौँ। बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप दुईवटा हत्याको मुद्दा दर्ता भएको छ।
योसँगै उनीविरुद्ध दर्ता हुने मुद्दाको संख्या ९४ पुगेको छ । तीमध्ये अधिकांश विद्यार्थी आन्दोलनका क्रममा मृत्यु भएकाहुर्का परिवारले दर्ता गरेका मुद्धा रहेको बंगलादेशका मिडियाहरुले उल्लेख गरेक।
जुलाई १९ मा ढाकाका एक व्यक्तिको हत्या गरेको आरोपमा हसिना र अन्य २६ विरुद्ध बुधबार मुद्दा दर्ता गरिएको थियो।
यस मामिलामा पूर्व गृहमन्त्री असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादिरलगायत पार्टीका धेरै नेता तथा कार्यकर्ता आरोपी छन्।
देशमा आन्दोलन चर्किएर आफै असुरक्षित बनेपछि हसिनाले राजीनामा दिएर अगस्त ५ मा बंगलादेश छोडेकी थिइन्। उनी हाल भारतमा रहेकी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









