+
+

४९२ जना कैदीको कैद मिनाह गर्ने तयारी, उजुरी भए दिन सूचना प्रकाशित

155 पटक हेरिएको
Clock २०८१ भाद्र २१, शुक्रबार ११:२४
-- Sponsored --

AI सारांश

Fast AI

नेपाल सरकारले संविधान दिवसको अवसरमा ४९२ जना कैदीबन्दीको कैद मिनाहको सिफारिस गरेको छ। यस सिफारिसमा ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, जेष्ठ नागरिक ऐन अन्तर्गत २ जना र ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जना कैदीबन्दी समावेश छन्। कारागार व्यवस्थापन विभागले कैद मिनाहको सिफारिसमा परेकाहरुको सूची सार्वजनिक गरेको छ र कुनै उजुरी वा गुनासो भए सो ७ दिनभित्र प्रमाणसहित विभागमा उपस्थित भई वा ई-मेल मार्फत दर्ता गराउने अवसर प्रदान गरेको छ।

काठमाडौं । सरकारले ४९२ जना कैदीबन्दीको कैद मिनाहको सिफारिस गरेको छ।

संविधान दिवसको अवसरमा सरकारले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, जेष्ठ नागरिक ऐन, २०६३ को दफा १२ को व्यवस्था बमोजिम कैद भुक्तान गरेका २ जना र बारदात हुँदाको तत्काल प्रचलित कानुन आकर्षित हुने भनी सर्वोच्च अदालतबाट आदेश भएको २०७५ भदौ १ गतेभन्दा पहिलाको बारदात भई ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जना गरी ४ सय ९२ जनाको कैद मिनाहको सिफारिस गरेको हो।

कारागार व्यवस्थापन विभागले कैद मिनाहको सिफारिसमा परेकाहरुको सूची सार्वजनिक गर्दै कुनै उजुरी वा गुनासो भए सूचना प्रकाशित भएको ७ दिनभित्र प्रमाणसहित विभागमा उपस्थित भई वा ई–मेल (bandi.officer@dopm.gov.np) मार्फत उजुरी दर्ता गराउन भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win