+
+

तेस्रो ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

163 पटक हेरिएको
Clock २०८२ श्रावण १६, शुक्रबार १२:१८
-- Sponsored --

AI सारांश

Fast AI

१. ताप्लेजुङको सदरमुकाम फुङलिङमा साउन २४ गतेदेखी ३१ गतेसम्म तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ।
२. प्रतियोगिताको विजेताले उपाधि सहित ७ लाख २ हजार ८२ रुपैँया प्राप्त गर्दा उपविजेता टिमले ३ लाख ५० हजार ८२ रुपैँया प्राप्त गर्नेछ।
३. फाइनल खेल साउन ३१ गते हुनेछ।

पाँचथर । ताप्लेजुङको सदरमुकाम फुङलिङमा यही साउन २४ गतेदेखी ३१ गतेसम्म सञ्चालन हुन गइरहेको तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ।
लाखेजात्रा सञ्चालन समितिले सार्वजनिक गरेको तालिका अनुसार साउन २४ गते उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब र द यङ व्रोदर्स क्लब, इटहरी सुनसरीविच प्रतिस्पर्धा हुनेछ। त्यस्तै खेलको दोस्रो दिन साउन २५ गते साहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाविच आमनेसामने हुनेछन्।

साउन २६ गते तेस्रो खेलमा लिजेण्ड फुटबल एकेडेमी, सिलगुडी भारतसंग चर्च बोइज ललितपुरविच प्रतिस्पर्धा हुने छ भने चौथो खेल अर्थात साउन २७ गते सहलेश युवा क्लब सिराहा र फिदिम स्पोटिङ क्लब पाँचथर प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल साउन २८ गते र दोस्रो तथा अन्तिम सेमिफाइनल खेल साउन २९ गते हुने आयोजकले जनाएको छ।फुङलिङस्थित श्री भानु जन मा.विकोे खेलमैैदानमा हुने प्रतियोगिताको विजेताले उपाधि सहित ७ लाख २ हजार ८२ रुपैँया प्राप्त गर्दा उपविजेता टिमले ३ लाख ५० हजार ८२ रुपैँया प्राप्त गर्नेछ।
खेलको सर्वाेत्कृष्ट खेलाडीलाई यामाहाको बाइक दिइनेछ भने अन्य विद्यागततर्फ पनि नगद सहित पुरस्कारको व्यवस्था गरिएको समितिले जनाएको छ। फाइनल खेल साउन ३१ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win