0 प्रतिक्रिया
सरकारी कार्यालयमा टीएमएसमाथि प्रतिबन्ध
AI सारांश
Fast AIनेपाल सरकारले सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । यस निर्णय सरकारी कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर शेयर कारोबारमा लागेको पाइएको कारणले गरिएको हो ।
निम्नलिखित ३ वटा बुँदामा यस समाचारको सारांश दिइएको छ:
1. सरकारले सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ ।
2. यस निर्णय सरकारी कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर शेयर कारोबारमा लागेको पाइएको कारणले गरिएको हो ।
3. अब सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन सरकारले निर्देशन दिएको छ ।
काठमाडौं । सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाइएको छ ।
कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर शेयर कारोबारमा लागेको पाइएपछि सरकारले यस्तो निर्णय गरेको हो । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन सरकारले निर्देशन दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस बारेमा जानकारी दिदै भनेका छन्-
सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









