+
+

बेलबारी-आरजू गोल्डकप असोज ११ देखि

91 पटक हेरिएको
Clock २०८१ आश्विन ७, सोमबार १३:२८
-- Sponsored --

AI सारांश

Fast AI

१. सातौं बेलबारी-आरजू अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज ११ गतेदेखि सुरू हुने भएको छ।
२. उक्त प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लब काठमाडौँ, चित्लाङ फुटबल क्लब काठमाडौँ, बुटवल लुम्बिनी फुटबल क्लब, झापा-११ फुटवल क्लब, सलहेश युवा क्लब सिरहा, भोजपुर जिल्ला फुटबल संघ, रारा फुटबल क्लब, नेपाल पुलिस क्लब, भारतको दलसिंहपारा स्पोर्टस एकेडेमी जयगाउँ वेस्ट बंगाल र आयोजक एल एक्स सिटी फुटबल क्लब गरी १० वटा टोलिले सहभागिता जनाउने अध्यक्ष विक्रम राइले बताए।
३. प्रतियोगिताका विजेताले उक्त शिल्डसहित नगद ८ लाख रुपैयाँ पुरस्कार राशी प्राप्त गर्नेछ भने उपविजेताले नगद ४ लाख प्राप्त गर्नेछ।

प्रेम केडी

पथरी (मोरङ)- सातौं बेलबारी-आरजू अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज ११ गतेदेखि सुरू हुने भएको छ।

बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गस्थित प्रस्तावित लक्ष्मीमार्ग रंगशालामा हुने उक्त प्रतियोगिताको तयारीबारे आइतबार आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

लक्ष्मीमार्ग युवा क्लवको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लब काठमाडौँ, चित्लाङ फुटबल क्लब काठमाडौँ, बुटवल लुम्बिनी फुटबल क्लब, झापा-११ फुटवल क्लब, सलहेश युवा क्लब सिरहा, भोजपुर जिल्ला फुटबल संघ, रारा फुटबल क्लब, नेपाल पुलिस क्लब, भारतको दलसिंहपारा स्पोर्टस एकेडेमी जयगाउँ वेस्ट बंगाल र आयोजक एल एक्स सिटी फुटबल क्लब गरी १० वटा टोलिले सहभागिता जनाउने अध्यक्ष विक्रम राइले बताए।

पत्रकार सम्मेलनमा दुई तोला सुन र २ किलो ५ सय ग्राम चाँदीजडित शिल्ड समेत सार्वजनिक गरिएको थियो। जसलाई लक्ष्मीमार्ग निवासी पोपिराज राई र ज्योतिराज राईले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा सौजन्य गरेका हुन्।

प्रतियोगिताका विजेताले उक्त शिल्डसहित नगद ८ लाख रुपैयाँ पुरस्कार राशी प्राप्त गर्नेछ भने उपविजेताले नगद ४ लाख प्राप्त गर्नेछ।

करिब ६० लाख खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा म्यान अफ द म्याच, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षक लगायतका विधामा समेत पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win