+
+

खाल्डेमा फुटबल प्रतियोगिता हुने

403 पटक हेरिएको
Clock २०८१ आश्विन १६, बुधबार ०६:५९
-- Sponsored --

AI सारांश

Fast AI

पाँचथरको कुम्मायक गाउँपालिका–१ को खाल्डेमा नकाउट फुट्बल प्रतियोगिता हुने भएको छ, जुन असोज २१ देखि आयोजना हुने छ।
प्रतियोगितामा फाल्गुनन्द, तुम्बेवा र कुम्मायक गाउँपालिकाबाट खेलाडीहरु सहभागी हुने छन्।
फुटबल प्रतियोगिताको बिजेताले नगद तीस हजार, उपबिजेताले नगद बीस हजार र विभिन्न श्रेणीका पुरस्कार प्राप्त गर्ने छन्।

रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका–१ को खाल्डेमा षुरुप नकाउट फुट्बल प्रतियोगिता हुने भएको छ। चाडपर्वको अवसरमा खाल्डे युवा समूहले असोज २१ देखि षुरुप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो।
प्रतियोगितामा फाल्गुनन्द, तुम्बेवा र कुम्मायक गाउँपालिकाबाट खेलाडीहरु सहभागी हुने जनाइएको छ। फुटबल प्रतियोगिताको बिजेताले नगद तीस हजार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपबिजेता टोलीले नगद बीस हजार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने खाल्डे युवा समुहका अध्यक्ष डिल्ली कार्कीले जानकारी दिनुभयो।
प्रतियोगिताको बेष्ट गोलकिपर, बेष्ट डिफेन्डर, बेष्ट फर्वड, हाईस्कोर र बेष्ट खेलाडीले समान सहित  २ हजार नगद, ट्रफी मेडल प्रमाणपत्र हातपार्ने छन। प्रतियोगिता संचालन गर्न वडा कार्यालयले समन्वय गरी आर्थिक सहयोग गर्ने कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताउनुभयो। प्रतियोगिता खाल्डे माविको खेलमैदानमा हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win