0 प्रतिक्रिया
मेची राजर्मागमा फड्के पुल, पैदल यात्री र मोटरसाइकललाई सहज
AI सारांश
Fast AI१. पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को हेवा खोलामा फड्के निर्माण गरी पैदल र मोटरसाइकललाई आवतजावतमा सहज बनाइएको छ।
२. गत असोज ११ गते वर्षासंगै आएको बाढीले खोलाको बेली ब्रिज बगाएपछि हिलिहाङ, याङवरक, फालेलुङ गाउँपालिका सहित ताप्लेजुङसम्म सडक सञ्जाल टुटेको थियो।
३. अन्य साना तथा ठुला गाडीको लागी होम पाइप आएपछि चाँडै निर्माण गरिने सडक विभागले जनाएको छ।
रमेश थापा
पाँचथर। मेची राजमार्गको हेवा खोलामा फड्के निर्माण गरिएको छ। पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को हेवा खोलामा फड्के निर्माण गरी पैदल र मोटरसाइकललाई आवतजावतमा सहज बनाइएको हो।
गत असोज ११ गते वर्षासंगै आएको बाढीले खोलाको बेली ब्रिज बगाएपछि हिलिहाङ, याङवरक, फालेलुङ गाउँपालिका सहित ताप्लेजुङसम्म सडक सञ्जाल टुटेको थियो। फड्के निर्माण गर्न नेपाली सेना, प्रहरी, जनप्रतिनिधि सहित स्थानीय जुटेका थिए। रणशेर गणका सेनानी विमल राउतको नेतृत्वमा ३५ जनाको टोली, प्रहरी, जनप्रतिनिधि, संघसस्थाका प्रतिनिधिको सकृयतामा पाँच दिनपछि फड्के निर्माण भएको हो। फड्के निमाणसंगै दुइपांग्रे मोटरसाइकल र नागरिकलाई आवतजावतमा सहज भएको रणशेर गण फिदिमका प्रमुख सेनानी निरोज प्रताव राणाले जानकारी दिए।
अन्य साना तथा ठुला गाडीको लागी होम पाइप आएपछि चाँडै निर्माण गरिने सडक विभागले जनाएको छ। भने मेची राजमार्ग स्थित फिदिम २ रमितेमा गएको पहिरो पन्छाउन समस्या भएपछि वैकल्पिक मार्गको खोजी गरिएको छ । जस्का लागि फिदिम–नवमिडाँडा–कान्छीदोकान सडक खण्ड सञ्चालनमा ल्याएको फिदिम नगरपालिकाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









